AArya
RUMPUM
animated ellipse animated ellipse

बाढी रोक्न बक्राहामा बाँसको बेरा

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१३ श्रावण २०७४, शुक्रबार १३:५७
3
Shares
विराटनगर, १३ साउन ।  बक्राहा खोलाले भत्काएको बाँध निर्माण गर्न ठेकेदारले ढिला गरेपछि जिल्लास्थित जल उत्पन्न प्रकोप नियन्त्रण डिभिजन कार्यालय कार्यालयले बेम्बो प्रकोपाई (बाँसको अस्थायी बन्देज) बनाएको छ । मध्य बर्खामा समेत ठेकेदारले बाँध निर्माणको काम सम्पन्न नगरेपछि सम्भावित दुर्घटनालाई रोक्न कार्यालयले बाँसको प्रयोग गरी खोलाको बहाव फर्काउने प्रयास गरेको हो ।

गत असार २० गते नै काम सक्नुपर्ने गरी हिमलाय निकिता जेभीले बाँध निर्माण गर्ने ठेक्का पाएको थियो । बजेटभन्दा ४० प्रतिशत कममा ठेक्का पाएको ठेकेदारले काम पूरा नगरेपछि स्थानीयबासी आक्रोसित बनेका छन् । बाँध निर्माणको काम पूरा नभएपछि सम्भावित दुर्घटनालाई रोक्न पानीको बहाव अन्तैबाट कटाउन बाँसको बेरा र स्काभेटर प्रयोग गरी काम थालिएको जल उत्पन्न नियन्त्रण कार्यालले जनाएको छ ।
हिमालय निकिता कन्ट्रक्सन जेभीले भ्याटसहित १ करोड १४ लाख २९ हजार ५ सय रुपैयाँमा बाँध निर्माण गर्ने ठेक्का लिएको थियो । तर ठेकदारले काम पूरा नगर्दा पानी परे खोला गाउँ पस्ने भन्दै स्थानीय त्रसित बनेको स्थानीय भक्त धिमालले गुनासो गरे । ‘भएको तीन बिगाहा खेतमा बालुवा थुप्रिएको छ । उनले भने- ‘तटबन्ध निर्माण नहुँदा फेरी खोला पस्ने हो कि भन्ने चिन्ता छ ।’

ठेकेदार र जलउत्पन्न प्रकोप नियन्त्रण कार्याललयलाई पटक-पटक काम सक्न दबाव दिएपनि अटेर गरेको सुनवर्सी नगरपालिका वडा नं. २ का अध्यक्ष प्रताप तामाङले गुनासो गरे । मध्य बर्खामा ठेकेदारले काम गर्न चासो नदिएपछि गत वर्षकै जस्तो समस्या आउने जोमिख बढेको उनले बताए । जोखिम बढेपछि स्थानीयको पहलमा कार्यालयले बा“सको अस्थाइ बेरा लगाएको उनले बताए ।
गत वर्ष असार ७ र साउन ८ गते पथरी शनिश्चे ५ को जयनगर स्थित बाँध फुटाएर बक्राहा खोला बाँध गाउँ पसेको थियो । खोलाले फुटाएको बाँध निर्माण गर्न ठेकेदारलाई जिम्मा दिएपनि समयमा काम नसकेको जलउत्पन्न प्रकोप नियन्त्रण कार्यालयका इन्जिनियर रामचन्द्रप्रसाद गुप्ताले जानकारी दिए ।
ठेकेदारले काम गर्न ढिलो गरेपछि बाँधमा पानीको प्रवाह रोक्न बाँसको अस्थायी बेरा बनाइएको उनले जानकारी दिए । पानीको फोर्सलाई कन्ट्रोल गर्न स्काभेटर प्रयोग गरेर पानीको बहावलाई परिवर्तन गर्न खोजिएको उनले बताए । बाँसको बेराले बाढीको प्रेसर बन्दै गरेको बाँधमा नपर्ने उनको भनाई छ ।

ठेकेदारले माटोको ड्याम तयार पारेर तार जाली लगाउने काम गरिरहेको छ । ठेकेदार विवेश कार्की १५ देखि २० दिन भित्रमा काम सक्ने बताउछन् । आफू कामबाट नभागेको बताउँदै उनले ढुङ्गाको समस्याका कारण काम गर्न ढिलो भएको बताउँछन् ।
ड्याम बनाई सकेको बताउदै उनले तार जाली लगाएर घाँस रोप्ने जानकारी दिए । तर ठेकेदारले बाँधमा तारको जाली बनाउँदा सानो ढुङ्गा प्रयोग गरेको भन्दै विरोध गरिरहेका छन् । तार जालीले बाँधिएको ढुङ्गा सानो भएका कारण भत्किन सक्ने जोखिम रहेको स्थानीय होमबहादुर खड्काले गुनासो गरे । उद्घोष

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर