खबर पूर्वाञ्चल
११ श्रावण २०७४, बुधबार १३:४९
विराटनगर, ११ साउन / राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल मोरङको अध्यक्षमा ललिता धिमाल चयन भएकी छिन् ।
विराटनगरमा आज आज भएको प्रथम जिल्ला अधिबेशनबाट धिमाल सर्वसम्मत रुपमा अध्यक्षमा चयन भएकी हुन् ।
समितिको उपाध्यक्षमा कला डांगी, सचिवमा सुमित्रा राई, सह–सचिव अमिता पौडेल, कोषाध्यक्ष गंगा तामाङ रहेकी छिन् । समितिको अन्य सदस्यहरुमा निता मगर, लक्ष्मी घिमिरे, ममता गुरागाई, निशा लुईटेल, प्रतिमा श्रेष्ठ, गायत्री न्यौपाने रहेकी छिन् । सल्लाहाकारहरुमा सयदा तमहशुम, मनुका आर्चाय, रुना शर्मा रहेको छिन् ।
कार्यक्रमको प्रथम अतिथी रहेका नेपाल टे«ड युनियन जिफन्ट एक नम्बर प्रदेशको सचिव किशोर धमालले आफ्नो हक अधिकार स्थापित गर्न सौन्दर्यकर्मीहरु संगठिन हुन जरुरी रहेको बताए । यसरी संगठित भएर अगाडी बढेमात्र अधिकारी स्थापित हुने उनको भनाई थियो ।
सोही अवसरमा संगठनमा रहेर उल्लेखिय काम गरेको भन्दै ब्यूटिसियन नीता मगरलाई सम्मान गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?