RUMPUM
animated ellipse animated ellipse

पुरस्कार र सम्मानको घोषणा

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

३ असार २०७४, शनिबार १७:४०
3
Shares
विराटनगर, ३ असार /भानु कला केन्द्र र भानु मोरङ सांस्कृतिक समिति विराटनगरले विभिन्न पुरस्कार र सम्मानको घोषणा गरेको छ ।
समितिको शनिबार बसेको बैठकले साहित्य, पत्रकारिता, कला, समाजसेवा विधाका पुरस्कार र सम्मान घोषणा गरेको हो । यस वर्षको पत्रकारिता सम्मान पत्रकार शंकर खरेललाई समर्पण गर्ने निर्णय गरेको छ ।
आदिकवि भानुभक्त आचार्यको १०४ औं जन्मजयन्तीका अवसरमा केन्द्रले अढाई दशकभन्दा लामो समयदेखि पत्रकारितामा सक्रिय खरेललाई सम्मान गर्न लागेको हो । खरेल पत्रकारितासँगै साहित्य क्षेत्रमा समेत सक्रिय छन् । उनका आधा दर्जनभन्दा बढी साहित्यिक कृति प्रकाशित छन् ।
भानु जयन्तीको अवसर पारेर केन्द्रले हरेक वर्ष पत्रकारिता, साहित्य, कला, समाजसेवाका क्षेत्रमा उल्लेखनीय योगदान पु¥याउने व्यक्तिहरूलाई सम्मान र पुरस्कार समर्पण गर्दै आएको छ । केन्द्रले यस वर्ष साहित्य सम्मानबाट ५ दशकभन्दा लामो समयदेखि साहित्य सेवामा सक्रिय मान बज्राचार्यलाई सम्मान गर्ने भएको छ ।
त्यस्तै कला सम्मान अनन्तकुमार राजवंशी, भानु पदक सात्यिकार देवी पन्थी र गायक रामा मण्डललाई प्रदान गरिनेछ । चतुर्भुज आशावादी कला साहित्य पुरस्कार यो वर्ष काठमाडौंका साहित्यकार उज्ज्वल जिसीलाई दिइने भएको छ । विराटनगर समाजसेवी तिलकबहादुर थापाले चतुर्भुज आशावादी सम्मान पाउनेछन् ।
घोषित पुरस्कार र सम्मान यही असार २९ गते विराटनगरमा विशेष समारोह आयोजना गरेर समर्पण गरिने केन्द्रले जनाएको छ । असार २८ गते प्रतियोगितात्मक कविगोष्ठीसमेत गर्ने निर्णय भएको छ । बैठकले साहित्यकार बाबुराम श्रेष्ठ ‘वर्षा’लाई कविता प्रतियोगिताको संयोजन गर्ने जिम्मेवारी तोकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

ताजा समाचार