खबर पूर्वाञ्चल
३ असार २०७४, शनिबार १७:३७
बिराटनगर, ३ असार / नेकपा एमालेबाट बिराटनगर महानगरपालिकाको मेयरमा सर्वसम्मत उम्मेदवार बनेका बिनोद ढकालले समृद्ध बिराटनगरको नारालाई पुरा गरेरै छाड्ने बताए ।
आज बिहान महानगरका बिभिन्न वडामा आयोजित घरदैलो अभियानलाई सम्बोधन गर्दै ढकालले समृद्ध बिराटनगरको नारा कार्यन्वयन गर्ने बताएका हुन् ।
उनले नेकपा एमाले नै राष्ट्रिय राजनीतिको केन्द्र भएको बताउँदै राष्ट्रिय स्वाभिमानर एकताकालागि कसैसंग सम्झौता नगर्ने बताएका छन् । नेकपा एमाले मोरङका अध्यक्ष समेत रहेका ढकालले एमाले बाहेकका कुनै पनि राजनीति दलसंग बिराटनगरको समृद्धिजोडिएका मुद्दा नरहेको दाबी समेत गरे । उनले एमालेको आर्थिक समृद्धि र विकास निर्माणप्रतिको उदार नीतिका कारण अन्यदलहरुले समेत सिको गर्ने गरेको बताए ।
बिराटनगरलाई महानगरपालिका बनाउने बिषयमा नेतृत्व दायीभूमिका निर्वाह गरेका नेता ढकालले आज महानगरको वडा नं. १, ५ र १९ मा आयोजना गरिएको घरदैलो कार्यक्रमलाई सम्बोधन गरेक ार्थि । नेकपा एमाले विरुद्ध कसैले गलत प्रचार गरे त्यसको तत्कालै प्रतिवाद गर्न उनले कार्यकर्ताहरुलाई आग्रह गरे ।
उक्त अभियानका क्रममा माओवादी केन्द्र, नेपाली कांग्रेस र राजपा परित्याग गरेर सयौं मानिसहरु एमालेमा प्रवेश गरेका थिए । उनीहरुलाई मेयरका उम्मेदवार ढकालले अबिर र माला लगाएर एमालेले चुनाव जित्ने अभियानमा केन्द्रीत हुन आग्रह गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?