ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

निजीकै हाराहारीमा सामुदायिक स्कूलको नतिजा

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

३ असार २०७४, शनिबार १७:३२
3
Shares
विराटनगर,  ३ असार । सामुदायिक विद्यालयहरुले निजी विद्यालयकै हाराहारी नतिजा ल्याएका छन् । अंग्रेजी माध्यबाट पठनपाठ सुरु गर्न थालेपछि सामुदायिक विद्यालयहरुले माध्यमिक शिक्षा परीक्षा (एसइई) परीक्षामा निजी स्कूलकै हाराहारीमा नतिजा ल्याएका हुन् ।
अग्रेजी माध्यमबाट सञ्चालनमा आएको पोखरीया उच्च माविले सतप्रतिशत विद्यार्थी उत्तिर्ण हुन सफल भएको स्कूलका प्रधानध्यापक खेम भट्टराईले जानकारी दिए । अंग्रेजी माध्यबाट पठनपाठन गर्न थालेपछि नतिजामा सुधार गरेको पोखरीयाबाट यो वर्ष २ सय ६ जनाले परीक्षा दिएकोमा २५ जनाले ‘ए प्लस’, ८५ जनाले ‘ए’ र ४१ जनाले ‘बी प्लस’ ग्रेडसहित उत्तीर्ण भएको स्कूलका प्रधानध्यापक भट्टराईले बताए ।

पोखरीया स्कूलले २०७० सालदेखि अंग्रेजी माध्यबाट पठन पाठन सुरु गरेदेखि यस स्कूलमा विद्यर्थाीहरुको चाप हुने गरेको छ । अघिल्लो वर्ष पनि स्कूलले उत्कृष्ट नजिता ल्याएको स्कूलले जनाएको छ ।
त्यस्तै विराटनगरमा रहेको सत्यनारयण स्कूलबाट राम्रो नतिजा ल्याएको स्कूलका सह प्राधानध्यापक मनोज भट्टराईले जानकारी दिए । उनका अनुसार अंग्रेजी माध्यबाट १ सय ३३ जनाले दिएकोमा ४ जनाले ‘ए प्लस’, २६ जनाले ‘ए’, २३ जनाले ‘बी प्लस’, १७ जनाले ‘बी’ ५८ जनाले ‘सी प्लस’ र ६ जनाले ‘डी’ ल्याएको बताए ।
त्यसैगरि विराटनगरमै रहेको आर्दश उच्च माविबाट ४६ जनाले दिएको परीक्षामा ‘ए’ ३ जना, ‘बी प्लस’ १२, ‘बी’ १९, सी प्लस २९, सी २१ र डी प्लस २० जनाले ल्याएको स्कूलका प्रधानध्यापक दुर्गा चुडालले जानकारी दिए ।
नयाँ शैक्षिक सत्रबाट अंग्रेजी माध्यमबाट पठनपाठन सुरु गरेको स्कूलले यस वर्षदेखि एसइइ परीक्षामा अंग्रेजी माध्यमका विद्यार्थी सामेल हुने स्कूलले जनाएको छ ।
विराटनगरकै जनपथ स्कुलबाट सहभागि एकसय ३६ विद्यार्थी मध्ये ४ जनाले ए, ६ जनाले बी प्लस,२२ जनाले बी र एकसय ४ जनाले सी प्लस तथा सी ग्रेड प्राप्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर