animated ellipse animated ellipse

मेयरका टिकट पाएका पराजुलीको विराटनगर विमानस्थलमा भव्य स्वागत

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१ असार २०७४, बिहीबार १५:३३
3
Shares
विराटनगर, १ असार । काँग्रेसबाट विराटनगर महानगरपालिकाको मेयरको उम्मेदवार भएका भीम पराजुलीलाई आज विहान विराटनगर विमानस्थलमा भव्य स्वागत गरिएको छ ।
काठमाडौंबाट जहाजमा विराटनगर आएका पराजुलीलाई विमानस्थलमै उपस्थित हजारौं नेता कार्यकर्ताले फुल, माला र अविर लगाएर स्वागत गरेका हुन् । त्यस लगत्तै पराजुलीको स्वागत र समर्थनमा विराटनगरमा काँग्रेसले नाराजुलुस सहित मोटरसाइकल ¥याली समेत निकालेको छ ।
मेयरको टिकट लिनका लागि पराजुली काठमाडौं गएका थिए । काँग्रेसले लामो समयको छलफल र गृहकार्यपछि विराटनगरमा मेयर उम्मेदवारको टुँगो लगाएको हो । विराटनगरमा मेयरको उम्मेदवार बनाउनका लागि काँग्रेसका केन्द्रीय नेताहरु नै विभाजित बनिरहेको बेला अन्तिम अवस्थामा आएर पराजुलीले मारेका हुन् ।
काँग्रेसबाट अमृत अर्यालय, डिला संग्रौला,विश्वनाथ रिजाललगायत पनि मेयरको दौडमा थिए । काँग्रेसले उपमेयरमा इन्दिरा कार्कीलाई उठाएको छ । यसैगरी आजै नेपाली कांग्रेसका केन्द्रीय सदस्य डाक्टर शेखर कोइरालाले पार्टीलाई जिताउन नेता तथा कार्यकर्तालाई निर्देशन दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर