लिग च्याम्पियन साईनोलाइ ट्रयाक सुट

खबर पूर्वाञ्चल, ११ जेष्ठ २०७४, बिहीबार २२:१६
विराटनगर, ११ जेठ / विराटनगरस्थित साईनो स्पोर्टिङ क्लबलाई एन्फाका मानार्थ उपाध्यक्ष तथा वरिष्ठ फुटबल प्रशिक्षक सन्तोष बानियाले ट्रयाक सुट दिएका छन् ।
विराटनगरमा आज एक कार्यक्रमका बीच क्लबका खेलाडीलाई बानियाले ट्रयाक सुट वितरण गरेका हुन् । जिल्ला लिग विजेता रहेको टिमलाई ट्रयाक सुट दिने घोषणा गरेका बानियले मोरङ लिग च्याम्पियन रहेको साईनो क्लबलाई दिएका हुन् । सोही अवसरमा लिगमा राम्रो खेल प्रर्दशन गरे वापत साईनोकै बुद्धिमान राईलाई नगद तीन हजार रुपैयाँ प्रदान गरिएको थियो ।
साईनो क्लबका अध्यक्ष उद्धव भुजेलको अध्यक्षतामा भएको कार्यक्रममा एन्फाका केन्द्रीय सदस्य बसन्त अर्याल, पूर्व खेलाडी मनोज बस्नेतलगायतले शुभकामना दिएका थिए ।

तपाईको प्रतिक्रिया

खबर पुर्वान्चल

बिराटनगर, नेपाल

सम्पर्क: ०२१-५२४५८४

इमेल: mail@khabarpurwanchal.com

Khabarpurwanchal is Leading News Company In Eastern Development Region Of Nepal, Providing Up to date Local as well as country crunch News.