RUMPUM
animated ellipse animated ellipse

आत्माले सताएपछी १३ दिन पछी लास झिकी जलाए

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

३ जेष्ठ २०७४, बुधबार २१:२०
3
Shares
गोपाल काफ्ले
पथरी, ३ जेठ /देख्दा अचम्म, सुन्दा चकित, अक्ल्पनीय यदा कताँ सुनेको कुरा, एका देशको कथा सरी फिल्ममा हेरेको धटनाहरु समाजमा हुदा कस्को मन जिरिङ नहोला । सिरियल र फिल्ममा देखेको आत्मा अझ भन्ने हो भने नागिन फिल्ममा नागिनीले सताए जस्तै भएको छ मोरङको पथरीशनिश्चरे १ मा समाजनै आतङकित भएको छ ।
18575276_1280860888700305_857414760_oमोरङको पथरीशनिश्चरे १ फुलबारी चौककी एक १४ बर्षिया किसोरीले आत्म हत्या गरेको १३ दिन पछी उनको शव उत्खन्न गरी जलाईएको छ ।
पञ्चायत मा.बि.मा कक्षा ७ मा अध्यानरत सन्तोषी लिम्बुको घरमा आमासँग सामान्य बिबाद भएको र त्यस पछि आत्महत्या गरेकी थिइन । बैशाख २१ गते बिहीबार उनी आफ्नै घरमामा डोरीको पासो लगाई आत्महत्या गरेकी थिईन ।
क्रिश्चियन समुदायकी लिम्बुको मृत्यू पछि पोष्टमाटम गरि शव गाडिएको थियो । क्रिश्चियन सस्कार अनुरसार दाससस्कार गरेपनि उनी कृष्यन नभएकाले त्यस्तो भएको हुनसक्ने छिमेकीको बुजाई छ । उनको अत्माले अन्य साथीको शरिरमा आएर काम्ने कराउने र सन्तोषी लिम्बुकै ब्यवहार देखिन थाल्यो ।
लिम्बुको शव गाडेको केही दिनमै पथरीशनिश्चरे १ सुकुम्बारीकी संगिता अधिकारीमा यस्तो लक्ष्ण देखिएको थियो । उनलाई धामी झाक्री गरी निको हुन नपाउदै २५ गते सोमबार उनकै साथिको बहिनी पथरीशनिश्चरे १ हनुमान चोककी भुमिका लिम्बुको शरिरमा सन्तोषीको आत्माले चलखेल गरेपछी फुकफाक र धामी झाक्री गरी केही सहज पारीएको थियो ।
तर आत्माले अर्की उनकै साथी कक्षा ८ मा अध्ययनरत बर्षा तामाङको शरिरमा प्रबेश गरेर धेरै दुःख दिने गरेको छ । बैशाख २८ गते देखि नै उनलाई पनि साह्रो पार्ने गरेको उनको अभिभावक बताउछन । तामाङ अहिले काम्ने बर्रबराउने र चिनेको मान्छे आउँदा तामाङको शरिरबाट लिम्बुको आत्मा बोल्ने गरेको छ ।
भुमिकाले आखा पल्टाउने, हप्काउने र धामिले भुमिकाको शरीरबाट लिम्बुको आत्मा धपाउन खोज्दा म जान्न, यो धामी हटाओ, मलाई नमार, पख म तलाई नलिई जाँदै जान्न भन्दै आखाँ पल्टाउने धामीलाई झम्टीने गर्थीन । तामाङको शरिरबाट लिम्बुले जे जे भनो त्यो कुरा खोज्दै जादा साचो हुने गरेको प्रत्यक्षदर्सि बताउँछन । उक्त आत्माले बारम्बार राज लोहारको नाम बरबराउने गरेको र सुकुम्बासिकै राज लोहारलाई पनि औठन हुनेगरेको छिमेकी बताउछन ।
राजको आमालाई देख्ने बितिकै उनमा अनौठो प्रबिती देखिन्छ भने लिम्बुकी आमालाई देख्ने बितिकै म मरे भनेकी होलिस म मरेको छुईन भन्थीन । मरेकी छोरीको आत्मा भुमिकाको शरिरमा आए पछि आमा छोरी धेरै बेर बादबिबाद गरेकी थिइन । छोरीले आमालाई माया गर्ने भा एक हजारको ब्याग र चप्पलमात्र दिनुहुन्थियो भन्दै कराएकी थिइन ।
चिन्ता बस्दा धामीले उत्त शव झिकी जलाउनु पर्छ भनेकाले १३ दिन पछी जेष्ठ २ गते उनको शव झिकी लिम्बू सस्कार अनुसार जल्लाइएको छ । उत्त शव झिकी जलाउने क्रममा तामाङको शरिरबाट “मलाई नमार, मलाई झिक, मलाई मार्न खोज्दै छ तिमेर्ले किन धामी बोलाइस भन्दै” रुने चिच्याउने गरेकी थिईन ।
उनीहरुको शरिरबाट लिम्बू मुन्धुम अनुसार चिन्ता बसि हटाईएको छ । उक्त घरमा चिन्ताबसेको र बिरामी हेर्नेको घुईचो लागेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर