AArya
RUMPUM
animated ellipse animated ellipse

मुस्लिम समुदायलाई मतदान गर्न प्रमुख दलका नेताको आग्रह

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

३ जेष्ठ २०७४, बुधबार १८:३४
3
Shares
विराटनगर, ३ जेठ /दोस्रो चरण अर्थात जेठ ३१ गते हुने स्थानिय तहको निर्वाचन रमजानको समयमा हुने भएपछि असन्तुष्ट मुस्लिम समुदायलाई मोरङका प्रमुख राजनितिक दलले विकल्प सोचेर मतदान गर्न गरेका छन् ।
मोरङ मुस्लिम समाजले विराटनगरमा आज आयोजना गरेको रमजानका बेला निर्वाचन हुँदा मुस्लिम समुदायलाई परेको समस्या र समाधान विषयक अन्तरक्रियामा सहभागी दलका जिल्ला अध्यक्षहरुले विकल्प सोचरे मतदान गर्न आग्रह गरेका हुन् ।
कठोर ब्रत बसेका मुस्लिम समुदायले एक महिने पर्वको मध्येमा पर्ने निर्वाचनमा भोकै प्यासै कसरी मतदान गर्ने तथा निर्वाचनमा खटिने भन्दै निर्वाचनको मिति अघिपछि सार्नुपर्ने माग समाजले राख्दै आएको छ । जिल्ला प्रशासन मार्फत सरकारलाई ध्यानाकर्षण समेत गराइसकेको समाजले बुधबार जिल्ला अध्यक्षहरुलाई बोलाएर शिर्ष नेतृत्वको ध्यानाकर्षण गराउन आग्रह गरेको हो ।
कार्यक्रममा बोल्दै नेपाली कांंग्रेसका सांसद तथा मोरङ सभापति डिकबहादुर लिम्बुले राजनितिक परिस्थितीका कारण रमजान भन्ने जान्दाजान्दै पनि दोस्रो चरणको निर्वाचन ३१ जेठमा गर्नु परेको बताए । उनले भने, ‘संविधान कार्यान्वयन, राजनितिक स्थिरता र मुलुकलाई विकासको गतिमा डो¥याउन निर्वाचन आवश्यक छ । ’ असन्तुष्ट पक्षलाई समेत मिलाएर लैजानुपर्ने सरकारको बाध्यताले चुनाव ३१ जेठमा पुगेको उनको भनाई थियो ।
नेकपा एमाले मोरङका अध्यक्ष बिनोद ढकालले रमजानका बेला निर्वाचनको मिति तय गरेर अल्पसंख्यक मुस्लिम समुदायप्रति सरकारले हेपायती व्यवहार गरेको आरोप लगाए । उनले मिति तय भइसकेपछि एमालेले सरकारको ध्यान आकृष्ट गराउँदा समेत सरकारले कान नसुन्ने, आँखा नदेख्ने व्यवहार प्रदर्शन गरेको उनले टीप्पणी गरे ।
माओवादी केन्द्रका पोलिटव्यूरो सदस्य तथा मोरङ संयोजक गोपी अछामीले सरकारले सवैको सहजताका लागि ३१ वैशाखमा देशभर निर्वाचन तय गरेपनि असन्तुष्ट पक्षलाई समेट्न दोस्रो चरणमा निर्वाचनमा धकेलिन पुगेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर