RUMPUM
animated ellipse animated ellipse

आज पूर्वका सुनचाँदी पसल बन्द

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१९ बैशाख २०७४, मंगलवार २०:१८
3
Shares
विराटनगर, १९ वैशाख / झापाको विर्तामोडका सुन व्यवसायी बैद्यनाथ सोनीलाई प्रहरीले विना कारण पक्राउ गरी हिरासतमा राखेको विरोधमा आज पूर्वका सुनचाँदी पसल बन्द गरिएको छ ।
केहीदिन अघि झापाको झिलझिले प्रहरीले विर्तामोडको पूर्णीमा ज्वेलर्सका सोनीलाई पक्राउ गरेको विरोधमा आज एक दिन पूर्वाञ्चलका सुनचाँदी पसल बन्द गरिएको नेपाल सुनचाँदी व्यवसायी संघ मोरङका अध्यक्ष प्रितम खड्गीले बताए । स्थानीय कुमारी बैंक शाखाबाट व्यापारका लागि खरिद गरेर लगिएको एक किलो सुन प्रहरीले विना कारण पक्राउ गरेको उनको भनाई छ ।
प्रहरीले सोनीलाई हिरासतमुक्त नगरेको भन्दै सुनचाँदी व्यवसायी आन्दोलित भएको अध्यक्ष खड्गीले जानकारी दिए । उनका अनुसार थप आन्दोलनका कार्यक्रमबारे केन्द्रीय स्तरमा छलफल भईरहेको छ । पूर्वाञ्चलमा दुई हजार वढी सुनचाँदी पसलहरु रहेको अध्यक्ष खड्गीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर