AArya
RUMPUM
animated ellipse animated ellipse

शिक्षा कार्यालय र विद्यालयको लेखा तथा प्रशासनमा लगाएको ताला खुल्यो

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१७ बैशाख २०७४, आईतवार १९:१०
3
Shares
बिनु तिम्सिना
विराटनगर, १७ बैशाख / मोरङमा आन्दोलनरत विद्यार्थी संगठनहरुले जिल्ला शिक्षा कार्यालय र विद्यालयको लेखा तथा प्रशासनमा लगाएको ताला आज साँझ देखि खुलेको छ ।
संस्थागत विद्यालयहरुले मनोमानि ढंगले शुल्क बृद्धि गरेको भन्दै मोरङका विद्यार्थी संगठनहरुले विद्यालयको लेखा, प्रशासन तथ जिल्ला शिक्षा कार्यालयको मुल गेटमा ताला लगाएका थिए । शिक्षा मन्त्रालयसँग विद्यार्थी संगठनहरुले गरेको सम्झौता जिल्लामा कार्यान्वयन गर्ने भन्दै जिल्ला शिक्षा कार्यालय मोरङले लिखित प्रतिबद्धता जनाए पनि ताला खोलिएको हो ।
आज दिउँसो भएको वार्तामा मोरङका जिल्ला शिक्षा अधिकारी देवेन्द्रराज खनालले केन्द्रका विद्यार्थी संगठनहरुसग भएको सम्झौता जिल्लामा पनि कार्यान्वयन गर्ने बताए ।
यता प्याब्सन तथा एनप्याब्सनले भने आफुहरुलाइ सो विषयमा कुनै जानकारी नै नभएको बताए । आज विद्यार्थी संगठनहरुसँगको छलफलमा सहभागि भएपनि उनिहरुले केन्द्रको निर्णय अनुसार आफुहरु चल्ने बताए ।
प्याब्सनका प्रदेश नम्बर १ का सचिव टिकाराम ढकालले विद्यालय शुल्क निर्धारण मापदण्ड निर्देशिका २०७२ नमान्ने बताए । विद्यार्थी संगठनहरुले भने शुल्क बृद्धि गरेका जिल्लाका संस्थागत विद्यालयको शुल्क १५ दिन भित्रमा घटाउनु पर्ने शुल्क घटाउन नमान्ने विद्यालयको दर्ता खारेजि नगरे आफुहरु कडा आन्दोलनमा उत्रने अखिल क्रान्तीकारीका केन्द्रीय सदस्य जिसस न्यौपानेले बताए ।
जिल्ला शिक्षा कार्यालय मोरङ, निजी विद्यालय अर्गनाईजेशन(प्याब्सन) , एन व्याब्सन , नेविसंघ, अनेरास्ववियु, अखिल क्रन्तीकारीलगायतका विद्यार्थी संगठनका प्रतिनिधीहरु विच आज विराटनगरमा दुई घण्टाको छलफल पछी १५ दिनकालागी आन्दोलन स्थगित गरिएको जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर