RUMPUM
animated ellipse animated ellipse

गरिबी निवारण कोषद्धारा शिर्जनशिल पुरस्कार वितरण

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१५ बैशाख २०७४, शुक्रबार १५:५६
3
Shares
विराटनगर, १५ वैशाख / गरिबी निवारण कोष, मोरङले उत्कृष्ट संस्था र सदस्यलाई पुरस्कृत गरेको छ ।
गरिवी निवारण कोषको सहयोगमा मोरङमा गठन गरिएका सामुदायिक संस्था र तिनका सदस्यहरु मध्येबाट उत्कृष्ट भएकाहरुलाई आज जिल्ला समन्वय समिति मोरङमा एक कार्यक्रमको आयोजना गरि शिर्जनशिल पुरस्कार प्रदान गरिएको हो ।
पुरस्कृत हुने हरुमा कोलबोटे सामुदायिक संस्था–लेटाङ ७, सरस्वती सामुदायिक संस्था–धनपालथान ३, सृष्टि सामुदायिक संस्था ग्रामथान–१, रामादेवी राजवंशी–कटहरी ६ र कमलीदेवी शर्मा– धनपालथान ४ रहेका छन् । पुरस्कृत संस्थालाई १५ नगद र सदस्यलाई १२ हजार ५ सय हस्तान्तरण गरिएको छ । उत्कृष्ट संस्था र सामुदायिक संस्थाका सदस्यहरुलाई स्थानीय विकास अधिकारी शोभाखर रेग्मी र गरिबी निवारण कोषका इन्फ्रा विभाग प्रमुख दीलमानसिंह बस्न्यातले पुरस्कृत गरेका थिए ।
गरिबी निवारण कोषको सहयोगमा मोरङका साविकका २६ वटा गाविस चारवटा साँझेदार संस्थाले एकिकृत गरिबी निवारण कार्यक्रम सञ्चालन गरेका छन् । साँझेदार संस्थाले गठन गरेका ३ सय वढी सामुदायिक संस्था र तिनका सदस्यहरु मध्येबाट उत्कृष्ट भएकाहरुलाई पुरस्कृत गरिएको गरिबी निवारण कोषकी कार्य प्रवन्धक किरणकुमारी चौधरीले बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर