AArya
RUMPUM
animated ellipse animated ellipse

इन्द्रेणी समधुर साँझमा साँगीतिक माहोल छायो

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

९ बैशाख २०७४, शनिबार १९:५२
3
Shares
विराटनगर, ९ वैशाख / विराटनगरमा रहेको जिल्ला विकास समन्य समिति मोरङको कार्यालयमा अन्य बेला सेवाग्राहीको भिड हुने कार्यालयमा आज छुटै साँगीतिक माहोल छायो ।
कार्यालयको मञ्चलमा विराटनगरका गायक तथा स्थानिय कलाकाहरुले एउटै मञ्चमा भेला भइ साँगीतिक प्रस्तुतीले दिनभरी मनोरञ्जन प्रदान ग¥र्यो । इन्द्रेणी कला प्रतिष्ठान विराटनगरको आयोजना भएको ‘इन्द्रेणी समधुर साँझमा’ गायक र स्थानिय कलाकारले नृत्य प्रस्तुत गरी शनिबार दिनभरी मनोरञ्जन प्रदान गरेको थियो । समधुर साँझमा गायक प्रवलदिप विश्वास, नितिनचन्द्र गजुरेल , श्यामकृष्ण बाँसकोटा, जीना आलेमगर, वैजनाथ गुप्ता, पिंकी मेहतालगयाले गीत प्रस्तुत गरेका थिए ।
गायक विश्वासले आफ्नो चर्चित गीतहरु प्रस्तुत गरी रहदा सहभागिहरु मन्त्रमुन्ध भएर सुनेका देखिन्थे । गायक विश्वासले आफ्नो एकल स्वरमा रहेको विभिन्न एल्वमको गीतहरु प्रस्तुत गरेका थिए । पूर्वाञ्चल बाल आश्रमकका कलाकारहरुले साँस्कृतीक नृत्य प्रस्तुत गरी सहभागिलाई थप मनोरञ्जन दिलाएका थिए ।
विराटनगरका हाँस्यकलाकार पारस थापाले विभिन्न राजनैतिक दलका नेताहरुको दुरुस्तै क्यारिकेचर गरेर सहभागिलाई पेटमिचिमिच हसाएका थिए । उनले प्राधानमन्धी तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, एमालेका नेता माधवकुमार नेपाललगायतको क्यारिकेचर गरेर हसाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर