उर्लाबारी, ५ बैशाख /सानैदेखि सामाजिक काममा क्रियाशिल यूवा तथा सञ्चारकर्मी बीरेन्द्रकुमार शाहले आसन्न स्थानीय तहको निर्वाचनमा सुनवर्षी नगरपालिकाको वडा नम्बर २ को वडा अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।
नेपाली कांग्रेसबाट उनले टिकट पाएको खण्डमा उम्मेदवारी दिने बताएका हुन् । स्थानीय स्तरमा विकास निर्माणमा सक्रिय भई दैविक प्रकोप पिडीत असाहय दिनदुखिको सेवामा अहोरात्र खट्ने वीरेन्द्रले टिकट पाएको खण्डमा वडा अध्यक्षमा जित्ने र समृद्ध वडा बनाउने स्थानीय कार्यकर्ताले बताउदैं आएका छन् ।
नेपाली कांग्रेसको आस्थामा क्रियाशिल भएपनि वीरेन्द्र पार्टी र जातिभन्दा माथि उठेर राम्रा काममा सधैं सहभागिता जनाउने गरेका पनि अन्य पार्टीबाट पनि मन जितेर मत तान्ने स्थानीय स्तरमा चर्चा हुने गरेको छ । वीरेन्द्रले आफ्नो ठाउँको कला प्रतिभाहरुको उजागर गर्न बिभिन्न कार्यक्रमहरु पनि गर्दै आएका छन् ।
पार्टीबाट पनि वडा अध्यक्षको उम्मेदवारको लागि वीरेन्द्रको नाम एक नम्बरमै परेकोेले पनि उनले टिकट पाउने लगभग पक्का पक्की जस्तै भईसकेको छ ।
यद्यपि, वीरेन्द्र सहमती र आपसि सद्भावका साथ आफुलाई टिकट दिनु पर्ने बताउछन् । आफु र आफ्नो ठाउँको लागि केहि गरौं भन्ने भित्रै देखिको चाहानालाई साकार पार्न मेरो उम्मेदवारी हो, वीरेन्द्रले कुराकानीको क्रममा भने‘ यूवाको जोस,अग्रजको होशका साथ अघि बड्नेछु । साँच्चै आफ्नो वडालाई जिल्लाकै नमुना वडा बनाउनेछु । युवा वालवालिका र जेष्ठहरुको मन जितेका वीरेन्द्र जनताको पीरमर्कामा सधै आफुले सहयोग गरेको बताउछन् । भन्छन्‘ जिम्मेवारी पदमा नरहेपनि थुप्रै काम गरेको छु भने अझ जिम्मेवारी पाउदाँ कति धेरै काम गर्छु मुल्याङ्कन गर्ने जिम्मा तपाईहरुको हातमा छ ।
वीरेन्द्र उमावि र मोरङ क्षेत्र नम्बर २ मा नेविसंघ सचिव भईसकेका वीरेन्द्र हाल तत्कालिन अमरदह गाविसका काँग्रेस सह—सचिव हुन् । पत्रकारीतासँगै समाज सेवा गरिरहेका वीरेन्द्रले टिकट पाउनु पर्ने स्थानीय कार्यकर्ताले अपेक्षा राखेका छन् ।
तपाईको प्रतिक्रिया