AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

लिम्बु विद्यार्थी मञ्चमा चोङ्बाङ

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२ बैशाख २०७४, शनिबार १७:०१
3
Shares
पथरी, २ बैशाख / लिम्बु विद्यार्थी मञ्च शाखा समिति मोरङको पाँचौ अधिबेशनबाट इन्द्र चोङ्बाङ अध्यक्षमा सर्बसम्मतले निर्वाचित भएका छन् ।
पथरी बहुमुखी क्याम्पस पथरी आज सम्पन्न अधिबेशनले चोङ्बाङको नेतृत्वमा १३ सदस्यीय समिती सर्बसम्मतले निर्वाचित गरेको छ । समितिको उपाध्यक्षद्वयमा बिनु नेम्बाङ, हेमन पासाक्वा, सचिबमा तुलशा नेम्बाङ, सह–सचिवमा नेमिता आङ्बुहाङ र कोषध्यक्षमा सुम्निमा लिबाङ रहेका छ्न ।
मौसम मेन्याङ्बो, बेना थक्लुङ, सबिना आङ्देम्बे, सबिन आङ्देम्बे, प्रकाश् योङ्हाङ, गोपाल साबा सदस्य मा निर्वाचित भएका छन् । अधिबेशनमा मञ्चका अध्यक्ष फिपराज बेघा, सचिब योबाहाङ तुम्बाहाङ्फे, सदस्य सेमि तुम्बाफो, शेरसिङ वजि, किरात राई विद्यार्थी संघका मोरङ अध्यक्ष केशव राइलगायतले बोलेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर