रबिन्द्र बराल
रंगेली, २९ चैत्र /भारतबाट अबैध रुपमा भन्सार छलि नेपाल भित्र्याउदै गरेको चिनी, डि.ए.पि.मलखाद लगायतका अवैध सामान बरामद गरिएको छ ।
सामान रंगेली ,चोप्राह,मधुवनि,कर्सिया,डाईनियाँ, लगायतका स्थानबाट विभिन्न समयमा पक्राउ गरिएको थियो ।
पक्राउ गरेको सामन आज भन्सार कार्यालय बिराटनगरमा लगेर बुझाईएको छ इलाका प्रहरी कार्यालय रंगेलीले जनाएको छ ।
त्यसैगरी स्थानीय तहको निर्वाचनलाई मध्यनजर गर्दै रमाइलो ,केरौन, अमरदह, दर्वेशालगायतका स्थानबाट अबैध घरेलु मदिरा बिक्री वितरणकालागि रंगेली ल्याउदै गरेको अन्दाजी १ सय ५० लिटर घरेलु मदिरा समेत पक्राउ गरि आन्तरिक राजश्व कार्यालय विराटनगरमा बुझाईएको ईलाका प्रहरी कार्यालय रंगेलीका प्रमुख सन्जिवबाबू खड्काले जानकारी दिए ।