AArya
RUMPUM
animated ellipse animated ellipse

किड्नी हस्पिटलमा दुई जटिल सल्यक्रिया

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२७ चैत्र २०७३, आईतवार १८:१५
18
Shares
विराटनगर, २७ चैत / विराटनगर–३ मा रहेको नेशनल किड्नी अस्पताल दुई जटिल रोगको सफल सल्यक्रिया गरेको छ ।
सिराहा गोलबजारका ७६ बषिय वृद्ध र झापा मेचिनगरका ४० बर्षे युवाको लिङगको सफल सल्यक्रिया गरिएको आज पत्रकार सम्मेलनगरी जानकारी दिएको छ । ७६ बर्षिय यादव थरका वृद्ध लिङ्गको क्यान्सरबाट पिडित थिए । उचारकालागि विभिन्न अस्पताल पुगेका उनको अन्तत नेशलन किडनी अस्पतालमा सफल सल्यक्रिया भएको हो । क्यान्सरका कारण उनको लिङगको आधा भाग काम नलाग्ने भएपछि काटेर फालिएको उपचारमा संलग्न डा. सन्तोषकुमार झाले जानकारी दिए ।
उनका अनुसार यादवलाई करिव ३ महिना अघि लिंगमा क्यान्सर भएको पुष्टी भएको थियो । डा. झाका अनुसार पुरुषमा हुने क्यान्सर मध्ये शुन्य दशमलव ४ देखि शुन्य दशमलव ६ सम्म लिंगको क्यान्सर हुने सम्भावना हुन्छ । लिङ्गको क्यान्सर चाँडो अन्यत्र फैलन सक्ने भएकाले रोग पहिचान हुनसाथ उपचार गर्नु पर्ने उनको सुझाव छ ।
यसैगरी यसैहप्ता यस अस्पतालले ‘कोर्डी’ समस्याको सफल शल्यक्रिया गरेको छ मेचिनगर ७, झापा घर भएका ४० वर्षिय खड्का थरका युवाको लिंगमा देखिएको समस्या ‘कोर्डी’ सफल सल्यक्रिया भएको हो ।
चिकित्सकले लगाएको सुइका कारण पूर्णरुपमा बांगो भएको उनको लिङगको सफल सल्यक्रिया गरी पून निर्माण गरको डा. झाले जानकारी दिए । दुवै समस्या सुन्दा सामान्य लागेपनि जटिल भएको उनको भनाई छ ।
चार वर्ष अघि स्थापना भएको  अस्पतालले निजी स्वास्थ्य संस्थातर्फ पूवाञ्चलमै पहिलो पटक ट्युमर भएको पिसाब थैली फ्यालेर नयाँ पिसाब थैली बनाएको थियो । अस्पतालले नेपालकै पहिलो ल्याप्रोस्कोपिक पायलो प्लाष्टि सर्जरी, तीनवर्षको बच्चाको किड्नीमा भएको १६ एमएमको पत्थरीको शल्यक्रिया, जन्मजात एकैठाउँ किड्नी भएका व्यक्तिहरुको जटिल शल्यक्रिया गरिएको अस्पतालका म्यानेजिङ डाईरेक्टर भोगेन्द्र खडकाले जानकारी दिए । उनले हस्पिटलले प्रोस्टेट, किड्नी, मुत्रनली, मुत्रथैली तथा लिङ्गका विविध जटिल समस्याहरुको उपचार गराउँदै आएको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर