विराटनगर, २३ चैत ÷ विराटनगरमा जारी प्रथम अन्तर विद्यालय स्तरीय शिक्षक रिफ्रेसमेन्ट फुटसल प्रतियोगितामा चार वटा स्कूल विजयी भएका छन् ।
सुसाङ्ख्य नेपालको आयोजनामा विराटनगरमा रहेको हिट्स एण्ड ह्याङ्ग आउटको खेलमैदानमा बिहीबार भएको खेलमा विराटनगरका चार वटा स्कूल बिजयी भएका हुन ।
प्रतियोगिताको पहिलो खेलमा स्मृती र एजेलिया बोर्डिङ स्कूल बीच भएको खेलमा ४–० गोल अन्तरले पराजित गरी स्मृति स्कूल बिजयी भएको छ । त्यस्तै दोस्रो खेलमा बिकेभिएम र गोदावरी बिच भएको खेलमा गोदावरी स्कूललाई १–० गोल अन्तरले पराजित गरी बिकेभिएम बिजयी भएको हो ।
त्यस्तै तेस्रो खेलमा यूनिक र केयफए बिच भएको खेलमा केयफएलाई ३–२ गोल अन्तरले पराजित गरी यूनिक बिजयी भयो । त्यसैगरी राईजिङ्ग र पूर्वाञ्चल स्कूल बिच भएको खेलमा पूर्वाञ्चाललाई २–१ गोल अन्तरले पराजित गरी राईजिङ्ग बिजयी भएको छ । तीन दिन सम्म सञ्चालन हुने प्रतियोगितामा विराटनगरको १६ निजी स्कूलका शिक्षकहरुको सहभागिता रहेको नेपालको अध्यक्ष प्रवेश दुलालले जानकारी दिए ।