विराटनगर, २१ चैत/ मोरङको हरैचामा नौ औं पूर्वाञ्चल स्तरीय आईटिएफ तेक्वान्दोल प्रतियोगितामा सुरु भएको छ ।
सुन्दर हरैचा तेक्वान्दो दोजाको आयोजनामा आज एक कार्यक्रम आयोजना गरी प्रतियोगिता सुरु भएको हो ।
मंगलबार सम्पन्न हुने प्रतियोगितामा पूर्वाञ्चलको आठ जिल्लाका एक सय जना खेलाडीहरुको सहभागिता रहेका दक्षिण एशियाली तेक्वान्डो फेडरेसन बोर्डका सदस्य प्रविनकुमार कार्कीले जानकारी दिए ।
प्रतियोगिताको उद्घाटन गर्दै चलचित्र निर्मता तथा नेपाली कांग्रेसका यूवा नेता रमेशजंग माझीले खेल क्षेत्रको विकास गर्न सबै लाग्नु पर्नेमा जोड दिए । उनले खेलाडीहरु राज्यको गहना भएको हुनाले उनीहरुको प्रतिभा प्रस्फुटन गराउन यस्तो प्रतियोगिता निरन्तर हुनु पर्ने बताए ।
तेक्वान्दो इन्टरनेसनल महासंघको उपाध्यक्ष कार्की, नेपाल पत्रकार महासंघ मोरङ शाखाको उपाध्यक्ष कुमोद अधिकारीलगायले बोलेका थिए ।
प्रतियोगिताको बिजेता हुने खेलाडीहरुलाई आकर्षण ट्रफि, प्रमाणपत्र र ट्रफि प्राप्त गर्ने छन् । प्रतियोगितामा मोरङ, सुनसरी, झापा, धनकुटा, भोजपुर, सिराहा, सप्तरी र उदयपुरका खेलाडीहरुले भाग लिएका छन् ।