RUMPUM
animated ellipse animated ellipse

नागरिक मैत्री सेवा र मानव अधिकार बिशेष अनुशिक्षण तालीम सम्पन्न

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२० चैत्र २०७३, आईतवार २२:४८
3
Shares

विराटनगर, २० चैत / जिल्ला प्रहरी कार्यालय मोरङको आयोजना मोरङ जिल्ला मातहतका प्रह र प्रजहरूको ५ दिने नागरिक मैत्री सेवा र मानव अधिकार बिशेष अनुशिक्षण तालीम सम्पन्न भएको छ ।

आज जिल्ला प्रहरी कार्यालय मोरङको सभाहलमा एक कार्यक्रमको आयोजना गरी अनुशिक्षण तालीम सम्पन्न सम्पन्न भएको हो । अनुशिक्षण तालीमका तालीम संयोजक प्रहरी निरीक्षक जमुनाकुमारी बस्नेतले तालीममा भएका गतिविधीहरू सम्बन्धमा प्रकाश पारेकी थिइन् ।

पाँचौ चरणको तालीममा प्रह ७, प्रज ३० (४ जना महिला सहित) ३७ जना प्रशिक्षार्थीहरूको सहभागीता रहेको थियो । पाँच दिनको तालीममा सेवाग्राहीसँगको ब्यवहार, प्रहरी र जनता विचको पारस्परिक सम्बन्ध, नागरिक मैत्री ब्यवहार र लैंगिक सचेतना, मानव अधिकार, समुदायको सहकार्यमा स्थानिय समस्याको पहरिचान र समाधानका असल अभ्यास, स्थानिय संस्कृति, परम्परा, भाषा तथा प्रचलनको सम्मान लगायतका बिषयमा सैद्धान्तिक तथा ब्यवहारिक ज्ञान प्रदान गरिएको थियो ।

जिल्ला प्रहरी कार्यालयमा ७ चरणमा सञ्चालन हुने तालीममा जिल्ला प्रहरी कार्यालय तथा मातहत २ सय ६० जना प्रहरी कर्मचारीहरूले नागरिक मैत्री सेवा र मानव अधिकार बिशेष अनुशिक्षण तालीम हासिल गर्ने छन् ।

कार्यक्रममा मोरङ जिल्लाका प्रमुख जिल्ला अधिकारी यज्ञराज कोईरालाले बिभिन्न स्थानमा छरिएर रहेका प्रहरी कर्मचारीहरूले स्थानिय स्तरमा सरकार र राज्यको प्रतिनिधित्व गर्ने हुँदा प्रहरीको आचरण ब्यवहार, प्रहरीले दिने सेवा तथा सुविधा नागरिक मैत्री हुन जरूरी रहेको बताए ।

त्यस्तै कार्यक्रममा बोल्दै जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक सन्दिप भण्डारीले परिवर्तित समय अनुसार प्रहरी कर्मचारीहरू पनि समय अनुसार क्रमश परिवर्तन हुँदै गई रहेको, प्रहरीले दिने सेवा तथा सुविधा, गर्ने कार्यहरू समेत नागरिक मैत्री सेवा, मानव अधिकारको संरक्षण र सम्बर्धन गर्दै अघि बढेको कुरामा जोड दिदै यस तालीमले नागरिक र प्रहरी विचको सम्बन्ध अझ प्रगाढ बनाउने कुरामा आफु बिश्वस्त रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर