नेपालको आर्थिक परिवर्तन सहकारी क्षेत्रले मात्र गर्न सक्ने
खबर पूर्वाञ्चल
२० चैत्र २०७३, आईतवार २०:१२
3
Shares
विराटनगर, २० चैत / नेपाल राष्ट्र बैंकका पुर्व गभर्नर डा.युवराज खतिवडाले नेपालको आर्थिक परिवर्तन सहकारी क्षेत्रले मात्र गर्न सक्ने बताए ।
आर्थिक परिवर्तनका लागि सहकारी क्षेत्रले जति अन्य कुनै पनि क्षेत्रले काम गर्न नसक्ने उनको दावी छ । ६० औं राष्ट्रिय सहकारी दिवसको अवसरमा आज मोरङको विराटचौकमा आयोजना गरिएको जिल्ला स्तरिय कार्यक्रमलाई संवोधन गर्दै उनले सो कुरा बताएका हुन् ।
सहकारी मैत्री कानुनको आवस्यक रहेको उनको भनाई छ । नेपालको संविधान नबुझेकाहरुले राज्य संञ्चालन गर्ने हक नभएको डा.खतिवडाको भनाई छ । दिगो विकास लक्ष्य प्राप्तीका लागि सहकारी भन्ने नाराका साथ गरिएको कार्यक्रममा राष्ट्रिय सहकारी बैंकका अध्यक्ष रमेश पोखरेलले सहकारीले वित्तिय साक्षरता बढाएको बताए ।
सहकारीमा नीतिगत रुपमा केही चुनौति रहेको बताउँदै उनले कानुनी रुपमा समस्या भईरहे सहकारी क्षेत्रले प्राप्त गरेको उपलब्धि जोगाउन नसकिने बताए । नेपाल बचत तथा ऋण सहकारी संस्थाका पुर्व महासचिव घनस्याम खतिवडाले गरिवी न्यनीकरणमा सहकारीको भूमिका महत्वपूर्ण रहेको बताए ।
सहकारीलाई सरकारले चर्को कर लगाएको भन्दै उनले आपत्ति जनाए । डिभिजन सहकारी कार्यालयका प्रमुख गोपीप्रसाद घिमिरेले निकृय सहकारीलाई सक्रिय बनाउने काम भईरहेको बताऐ । उनले मोरङमा १ हजार ९४ वटा सहकारी संस्थाले बार्षिक २५ अर्व बरावरको कारोवार गर्ने गरेको बताए । उनले मोरङमा करिव तीन लाख व्यक्ति सहकारीमा आवद्ध रहेको बताए ।
जिल्ला सहकारी संघ लिमिटेडका अध्यक्ष डिल्ली पोखरेल, सुन्दरहरैचा नगरपालिकाका प्रमुख भानुभक्त न्यौपानेलगायतले बोलेका थिए । कार्यक्रममा विभिन्न सहकारीले प्रतियोगितात्मक नृत्य पनि प्रस्तुत गरिएको थियो । नृत्य र झाँकीमा उत्कृष्ठ हुने सहकारीहरुलाई पुरस्कृत पनि गरिएको थियो ।
पत्रकार अधिकारी सहित दुई जना सम्मानित ६० औं सहकारी दिवसको अवसरमा जिल्ला सहकारी संघ लिमिटेड मोरङले विराटनगरका पत्रकार नेत्र पी अधिकारी सहित दुई जनालाई सम्मान गरेको छ ।
मोरङको विराटचौकमा विशेष कार्यक्रमको आयोजना गरि वीएफएमका समाचार संयोजक अधिकारीलाई सहकारी पत्रकारिता पुरस्कार नेपाल राष्ट्र बैंकका पुर्व गभर्नर डा. युवराज खतिवडाले प्रदान गरे । पुरस्कारको राशी ५ हजार १ सय रहेको छ । सहकारी संवन्धि उत्कृष्ट समाचार प्रकाशन तथा प्रसारण गरेको भन्दै समाचार संयोजक अधिकारीलाई पुरस्कृत गरिएको हो । जिल्ला सहकारी संघले हरेक वर्ष सहकारी संघको स्थापना दिवसको अवसरमा एक जना पत्रकारलाई सहकारी पत्रकारिता पुरस्कार प्रदान गर्दै आएको छ । यस्तै जिल्ला सहकारीले सहकारी डिडिजन कार्यालयका उमंग पाण्डेलाई पनि सम्मानित गरेको छ ।