AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

प्रलोभनमा परेर धर्म परिवर्तन गर्न खोज्ने कडा कानुुनको आवश्यक–कोइराला

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१९ चैत्र २०७३, शनिबार १९:३२
3
Shares
विराटनगर, १९ चैत / नेपाली कांग्रेसका केन्द्रीय सदस्य डाक्टर शेखर कोइरालाले प्रलोभनमा धर्म परिवर्तन गर्न खोज्ने प्रवृती रोक्न कडा कानुुनको आवश्यक रहेको वताए ।
कोइराला सेवा समाज नेपालको आठौं राष्ट्रिय महाधिवेशनको आज विराटनगरमा उद्घाटन गर्दै नेता कोइरालाले आफ्नो धर्म संस्कृतिको रक्षा गर्नु सवैको अधिकार भएको भन्दै प्रलोभन देखाएर धर्म परिवर्तन गराउने प्रवृतिलाई सवैले निरुत्साहित बनाउनु पर्ने जोड दिए ।
धर्म संस्कृति भाषा फरक फरक भए पनि मुुलुुकको हितका निम्ति भने सवैको सोच र भावना एउटै हुुनु पर्ने उनको भनाई थियो । कोइराला परिवारले मुुलुकमा प्रजातन्त्र स्थापनाका लागि ठूलो त्याग गरेको उल्लेख गर्दै उनले हिमाल , तराई , पहाड र मधेशको भावनालाई जोड्न कोइर।ला समाज सक्रिय लाग्नुु पर्ने बताए ।
नेपाली कांग्रेसका नेता एवम् सांसद अशोक कोइरालाले कोइराला परिवारले मुुलुुकको हितका निम्ति नै सम्पुुर्ण जिवन खर्चेको वताए । पूर्व मुुख्य सचिव विमल कोइरालाले अधिवेशनको सफलताको सुुभकामना व्यक्त गरे ।
दुुई दिनसम्म चल्ने महाधिवेशनमा मुुलुुकभरका ३ सय १७ जना प्रतिनिधिको सहभागिता रहेको छ । महाधिवेशनले नयाँ नेतृत्व समेत चयन गर्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर