विराटनगर, १७ चैत्र /राष्ट्रिय योजना आयोगका सदस्य सुनिलबाबु श्रेष्ठले गरीवी निवारणका लागि सार्वजनिक निजि साझेदारी अहिलेको आबश्यकता भएको बताए ।
राष्ट्रिय योजना आयोगले आजाबाट विराटनगरमा सुरु गरेको दुई दिने सार्वजनिक निजि साझेदारी सम्बन्धी अन्तरक्रिया कार्यक्रममा उनले दिगो विकासका लागि गरीवी निवारण गर्नु पर्ने र त्यसकालागि सार्वजनि कर निजी क्षेत्रको सहकार्य आबश्यक भएको बताएका हुन् । उनले नेपालमा आर्थिक विकास हुन नसक्नुको मुख्य कारण पूर्वाधार अभाव र पूर्वाधार स्तरोन्नती भएको भन्दै यसमा नीजि क्षेत्र , नागरीक समाज र सार्वजनिजक क्षेत्रको सहकार्य आबश्यक भएको बताए ।
नीजि क्षेत्रले लगानी गरेपछि नाफा कमाउने र सरकारले पनि जनतालाई सेवा प्रदान गर्ने उध्येश्य राख्ने हुँदा दुबै पक्ष विनविनको स्थिती हुने भएकोले यो अहिलेको आबश्यकता भएको बताए । उनले सार्वजनिक निजी साझेदारी सम्बन्धीनीति २०७२ मा केही समस्याहरु रहेको भन्दै यस्ता कार्यक्रमबाट सुधार गर्दै लागु गर्ने बताएका छन् ।
कार्यक्रममा उद्योग बाणिज्य महासंघका उपाध्यक्ष किशोर प्रधानले सरकारले सार्वजनिक नीजि साझेदारी भने पनि त्यसकालागि बाताबरण बनाउन नसकेको बताए । उनले यो प्रकृयाबाट जाने र विदेशी लगानी भित्राउने हो भने सात बर्ष भित्रमा अर्थ तन्त्रमा कायापलट हुने बताए । उनले यो कार्यक्रममा सार्वजनिक र निजि क्षेत्रको ५०÷५० प्रतिशत सहभागिता हुनु पर्ने बताए ।
उपाध्यक्ष प्रधानले अब उत्पादन मुखि कार्यक्रम गरेर अर्थतन्त्र सुधार्न जरुरी रहेको भन्दै अहिलेकै अबस्था रहे अबको दश बर्षमा देशको आर्थिक स्थिती भयाबह हुने बताए । दश–बाह्र बर्ष अगाडी सम्म नेपालबाट खाद्यान्न निर्यात हुने भए पनि अहिले ६० प्रतिशत खाद्यान्न आयात हुनुले पनि हाम्रो अर्थतन्त्रको अबस्था झल्कने बताएका छन् ।
राष्ट्रिय योजना आयोगका सह–सचिब संजयकुमार खनाल, पूर्वाञ्चलका क्षेत्रीय प्रशासक राजेश्बरमान सिह, मोरङका प्रमुख जिल्ला अधिकारी यज्ञराज कोइरालालगायतले सार्वजनिक नीजि साझेदारीको अहिलेको आबश्यकता भएको बताएका छन् ।