विराटनगर, १४ चैत/ मोरङको टंकिशिनवारी ५ स्थीत कोहिनुर प्लाई उद्योगमा लागेको आगो नियन्त्रणमा आएको छ । आज साँझ उद्योगमा लागेको आगो तीनवटा दमकल र प्रहरीको सक्रियतामा नियन्त्रणमा आएको हो ।
काठ सेक्ने मेसिनबाट आगलागी सुरु भएको थियो । घटना स्थलमा खटिएका प्रहरीका अनुसार विराटनगरका दुई र इटहरीको एक दमकलको सहयोगमा भर्खरै आगो पूर्ण रुपले नियन्त्रणमा आएको हो । आगो नियन्त्रणमा आएपनि क्षतिको विवरण आउन बाकी रहेको प्रहरीले जानकारी दिएको छ ।