AArya
RUMPUM
animated ellipse animated ellipse

बालबिवाह अन्त्य गर्न ¥याली

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१२ चैत्र २०७३, शनिबार १६:११
3
Shares
विराटनगर, १२ चैत/ सुनसरीको अमडुवामा बालविवाह अन्त्य गर्नको लागि वृहत ¥याली निकालिएको छ । बजरंगी बाल क्लबको आयोजनामा आज ¥याली निकालिएको हो ।
अमडुवा २ दमरी चोकदेखि निकालिएको ¥यालीले १, २, ८ र ९ नम्बर वाड परिक्रमा गरी सोही ठाउँमा आएर सम्पन्न भएको कार्यक्रम संयोजक उमाकन्त रायले जानकारी दिए । चन्द्रमुखी क्लब र युनाईटेड मिसन नेपालको सहयोगमा भएको कार्यक्रममा बालबालिका, विभिन्न क्बलका आवद्ध सदस्यहरुको सहभागिता रहेको थियो ।
उनीहरुले बाल अधिकार सुनिश्चित गरौ, बालयौन दुव्याहार अन्त्य गरौ, दाइजो प्रथा अन्त्य गरौलगायतको प्लेकाटसहित ¥यालीमा सहभागिता थिए । ¥याली पछि आयोजक कार्यक्रममा चन्द्रमुखी क्लबका निर्देशक अरविन चौधरी, सहजकर्ता नीता चौधरी, वुद्धिजीवि चन्दलाल चौधरी, समाजसेवी धमेन्द्र रायलगायले बोलेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर