RUMPUM
animated ellipse animated ellipse

न्याय नपाएको गुनासो

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

९ चैत्र २०७३, बुधबार १७:२६
3
Shares
विराटनगर, ९ चैत / कानूनको अभावमा न्याय नपाएको गुनासो बढिरहेको जिल्ला अदालत मोरङका प्रमुख न्यायाधिश विनोदकुमार पोखरेलले बताए ।
मोरङ जिल्ला अदालतमा आज आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रमुख न्यायाधिश पोखरेलले कतिपय अव्यवहारीक कानूनी कार्यविधिका कारण पनि न्याय क्षेत्र पीडित बनिरहेको बताए । उनले यसखालका घटना विशेष गरेर अंश मुद्दामा पनि देखिएकोे बताए । उनले कतिपय अंश मुद्दामा कित्ता नम्बर समेत उल्टोपुल्टो गरि कागजात पेश गर्दा प्रतिवादीलाई अल्मल्याउन सजिलो भएको तर उल्टो पाल्टो विवरण हाल्नेलाई के कस्तो दण्ड जरिमाना गराउने भन्ने विषयमा कानूनमा प्रष्ट नभएका कारण नियतवश टाठाबाठाले यस्तो गरिरहेको बताए ।
कानूनी न्याय दिन जाँदा पनि लडाइ गर्नु पर्ने अवस्था रहेको बताउँदै पोखरेलले छिटो छरितो र न्यायपूर्ण सेवा प्रवाह गर्न अदालतले विशेष रणनीतिक कार्ययोजना बनाएर कार्यान्वयन गरिहेको बताए । अदालतले सामान्यतया १ वर्षभित्रमा मुद्दा फच्र्यौट गर्नुपर्छ तर मोरङमा म्याद सम्बन्धी लामो व्यवस्था र बसाइँ सराइको समस्याका कारण २ वर्षसम्ममा पनि मुद्दाको टुंगो लाग्न नसकेको श्रेष्तेदार नवराज दुलालले जानकारी दिए । अंश मुद्दामा प्रतिवादीको संख्या बढी राख्नाले पनि समस्या भइरहेको उनको भनाइ छ । मोरङ जिल्ला अदालतमा २ वर्ष नाघेका मुद्दाको संख्या ६० रहेको उनले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर