AArya
RUMPUM
animated ellipse animated ellipse

टहरमा एसर्इई परीक्षा दिदै विद्यार्थी

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

४ चैत्र २०७३, शुक्रबार १९:५९
3
Shares
तस्विर-सुनपकुवा मावि परिक्षा केन्द्रको टहरामा परीक्षा दिदै एसईई परिक्षार्थीहरु ।
गोविन्द पोखरेल
उर्लाबारी, ४ चैत / जिल्ला शिक्षा अधिकारी देवेन्द्रराज खनालले मोरङबाट एसइई परिक्षा दिने परिक्षार्थीहरु टहरामा परीक्षा नदिएको दावी गरिरहदा परिक्षार्थीहरुले टहरामै परिक्षा दिदै गरेको पाइएको छ ।
बिहीबारदेखि शुरु भएको माध्यमिक शिक्षा परिक्षा अथार्त सेकेन्डरी एजुकेशन एक्जाम(एसईई)परिक्षामा उर्लाबारीको एक परिक्षाकेन्द्रमा विद्यार्थीहरुले टहरमा परिक्षा दिनुपरेको छ ।
उर्लाबारी नगरपालिका वडा नम्बर–२(साविक वडा ७)मा रहेको सुनपकुवा मावि परीक्षा केन्द्रको कोठा नम्बर १० का विद्यार्थीहरुले टहरामा परीक्षा दिदै छन् ।
सुनगाभा,विद्याज्योती र सनासाईन बोर्डिङका २१ जना विद्यार्थीहरुले उक्त टहरामा परीक्षा दिदै आएको सुनपकुवा माविका शिक्षक डिल्ली सापकोटाले जानकारी दिए ।
२०७२ साल वैशाख १२ र २९ गते आएको महाभूकम्पका कारण सुनपकुवा माविको दक्षिण ब्लकको भवन क्षति ग्रस्त भएको थियो । भवन क्षति ग्रस्त भएपछि विद्यालयले अस्थायी टहरा निर्माण गरी पठनपाठन गराउदै आएको थियो । हाल, त्यही टहरामा परीक्षार्थीहरुलाई परीक्षा दिन लगाइएको हो ।
सुनपकुवा माविको दक्षिण ब्लकको भवन क्षतिग्रस्त भएपछि विद्यालयलाई पठनपाठनमा समस्या हुदै आएको छ । भवन नभएपछि विद्यार्थीहरुले टहरामै परीक्षा दिनुपरेको सुनपकुवा मावि परिक्षाकेन्द्रका केन्द्राध्यक्ष एवं प्रधानाध्यापक भुमिराज प्याकुरेलले जानकारी दिए ।
गत वर्षपनि सुनपकुवा परिक्षा केन्द्रबाट विद्यार्थीहरुले टहराबाटै परीक्षा दिएका थिए । सुनपकुवा परिक्षा केन्द्रमा उर्लाबारीका सुनझोडा,दुर्गा,सुनगाभा,सनसाईन,सप्तकोशी,हिमालय,गणेश मेमोरियल र विद्याज्योति गरी ८ वटा विद्यालयका तीन सय ७ जना परीक्षार्थीहरु रहेका छन् । ती मध्ये दुई सय ९७ जनाले परीक्षा दिदै आएका प्याकुरेलले जानकारी दिए ।
उर्लाबारीमा रहेको राधिका, सुनगाभा र सुनपकुवा गरी तीनवटा एसईई परीक्षा केन्द्रबाट यो वर्ष ११ सय २० जनाले परीक्षा दिदै छन् । जसमा नियमिततर्फ एक हजार ५८,आंशीकतर्फ ४१ र एकजाम्टेडतर्फ २१ जना परिक्षार्थीहरु रहेका छन् ।
भवन निर्माणका लागि ६० लाख
भूकम्पले भवन क्षतिग्रस्त भएपछि जिल्ला शिक्षा कार्यालय मोरङले सनुपकुवा मावि सहित जिल्लाका अन्य दुई वटा विद्यालयहरुलाई भवन निर्माणका लागि बजेट उपलब्ध गराएकोे छ । जिल्ला शिक्षा अधिकारी खनालका अनुसार विराटनगरको आर्दश बालिका र विराटनगर रानीको बालमाविलाई भवन निर्माणका लागि बजेट निकाशा गरिएको छ ।
सुनपकुवा माविलाई ८ कोठो भवन निर्माणका लागि ६० लाख बजेट विनियोजन गरिएको जिल्ला शिक्षा कार्यालय मोरङले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर