AArya
RUMPUM
animated ellipse animated ellipse

पशुपति र सनसाइन स्कूल अन्तिम चारमा प्रवेश

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२२ फाल्गुन २०७३, आईतवार १८:५३
3
Shares
उर्लाबारी, २२ फागुन / प्याब्सन मोरङ क्षेत्र न. ८ को आयोजनामा उर्लाबारीमा जारी प्याब्सन मोरङ क्षेत्र न. ८ स्तरिय अन्तर स्कूल फुटबल प्रतियोगितामा पशुपति र सनसाइन विजयी भई अन्तिम चारमा प्रवेश गरेका छन् ।
आज आइतबार भएको पहिलो खेलमा पशुपति आवशिय बोर्डङ स्कुलले मदर मधुमल्ला बोर्डिङ स्कूललाई सडन डेथमा ६–५ को गोल अन्तरले पराजित गरी सेमिफाइनको यात्रा तय गरेको हो । निर्धारित समयमा दुवै टिमले १–१ गोलको बराबरीमा खेल सकिएपछि खेल पेनाल्टी सुट आउटमा धकेलिएको थियो । पेनाल्टी सुट आउटमा पनि खेल बराबरी भए पछि खेलको निर्णय सडन डेथबाट भएको थियो । खेलको म्यान अफ द म्याच पशुपतिका सुदेश राय घोषित भए ।
दोस्रो खेलमा सनसाइन बोर्डिङ स्कूलले सप्तकाशी बोर्डिङ स्कूललाई ४–० को फराकिलो गाल अन्तरले पराजित गरी सेमिफाईनलको यात्रा तय गरेको छ । सनसाइनका म्यान अफ द म्याच दुर्गा रिजाल र निश्चल पुरीले २–२ गोल गरेका थिए ।
सोमबारको पहिलो क्वाटरफाइनल खेल रिलायन्स बोर्डिङ स्कूल र भानु मेमोरियल एकाडेमि तथा दोस्रो क्वाटरफाइनल खेल सुनगाभा सेकेन्डेरी स्कूल र भृकुटी मोडेल एकाडेमि विच हुने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर