खबर पूर्वाञ्चल
२१ फाल्गुन २०७३, शनिबार १७:४४
सुनसरी, २१ फागुन / सुनसरीको नरसिंहमा सार्वजनिक जग्गा कब्जा गर्ने र रोक्ने समूहवीच झडप हुँदा दुई दर्जन बढी घाइते भएका छन् ।
नरसिंह–४ मा रहेको सुनसरी खोला किनारको जग्गाको विषयमा स्थानीयबिच बढ्दो विवाद झडपमा परिणत भएको हो । दुई समूहवीचको झडपलाई मध्यनजर गर्दै थप तनाव बढ्न नदिन बबिया र नरसिंह गाविस क्षेत्रमा प्रहरीले निषेधाज्ञा जारी गरेको छ ।
झडपमा दुवै समूहका गरी दुई दर्जन बढी घाइते भएका छन् । ८ जना घाइतेलाई थप उपचारका लागि न्यूरो हस्पिटल विराटनगर रेफर गरिएको छ । अन्यको जिल्ला अस्पताल इनरुवामा उपचार भइरहेको छ । अधिकांश घाइतेको टाउकोमा चोट लागेको प्रहरीले जनाएको छ ।
जग्गाको विवाद समाधानका लागि बोलाइएको दुई पक्षिय छलफलमा विवाद बढेपछि स्थानीय समूहवीच कुटाकुटको अवस्था सृर्जना हुन पुगेको सुनसरी प्रहरीले जनाएको छ ।
बाक्लो संख्यामा सुरक्षाकर्मी तैनाथ गरिएपछि अवस्था भने नियन्त्रणमा आएको छ । उता सुनसरी प्रशासनले घटनाको विषयमा दुवै पक्षका अगुवाहरुलाई बोलाएर समस्या समाधानको पहल थालेको जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?