AArya
RUMPUM
animated ellipse animated ellipse

भव्य भयो मोर्डन एराको अभिभावक भेला

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२१ फाल्गुन २०७३, शनिबार १७:३९
3
Shares
विराटनगर, २१ फागुन / विराटनगर – ४ आयल निगम पूर्व रहेको मोर्डन एरा सेकेन्डरी स्कूलमा विविद्य कार्यक्रम आयोजना गरी १७ औं अभिभावक भेला तथा बार्षिक उत्सव सम्पन्न भएको छ ।
स्कूल परिसरमा आज शनिबार एक भव्य समारोह आयोजना गरी अभिभावक भेला सम्पन्न भएको हो ।
अभिभावक भेलालाई सम्बोधन गर्दै नेपाली काग्रेसका नेता महेश आचार्यले शैक्षिक क्षेत्रको विकास गर्न आवश्यकता अनुसारको शैक्षिक निती निमार्ण गर्नु पर्नेमा जोड दिए । मुलुक संघियातामा गइसकेको हुनाले समय सापेक्ष शिक्षा प्रदान गर्न निती निमार्ण गर्न जरुरी रहेको उनको भनाई थियो ।
कार्यक्रममा बोल्दै प्याब्सनको केन्द्रीय सल्लाकार टिकाराम पुरीले विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रदान गरी नेपाली शिक्षालाई विश्व बजारमा विक्ने खालको शिक्षा प्रदान गर्न जरुरी रहेको बताए । उनले राज्यले विभेदकारी निती ल्याएको हुनाले निजी विद्यालयहरुलाई लगानि जोखिममा परेको गुनासो गर्नुभयो । यस्तो विभेदकारी निती राज्यले तत्काल संशोधन गर्नुपर्ने उनको भनाई थियो ।
कार्यक्रममा स्कूलका प्रिन्सिप राम घिमिरेले गुणस्तरीय शिक्षा प्रदान गर्न कुनै कसर बाँकी नराखेको बताए । त्यस्तै स्कूलका संस्थापक निर्देशक इन्द्र राईले विद्यार्थीहरुलाई भयरहित वातावरणमा शिक्षा प्रदान गरेकै कारणले स्कूलले प्रत्येक वर्ष सर्वाेउत्कृष्ट नतिजा ल्याएको दाबी गरे । उनले आगमी दिनमा पनि यस्तै शिक्षाले निरन्तरा पाउने प्रतिवद्धता ब्यक्त गरे ।
विद्यार्थीहरुले नर्सरीदेखि कक्षा नौंसम्मका विद्यार्थीहरुले साँस्कृति झल्किने पहिरन लगाएर नृत्य, नाटक, गीत प्रस्तुत गरी दिनभरी अभिभावदेखि अतिथिहरुलाई मनोरञ्जन दिए ।
सोही अवसर पारेर मोर्डन एरा ग्राण्ड फिनाले सोही दिन सम्पन्न भयोे ।
शनिबारनै मोर्डन एरा सिंगीन आईडल, मिस्टर एण्ड मिस मोर्डन एरा भएको थियो । विद्यार्थीहरुमा भएको प्रतिभा उजागर गर्ने उद्देश्यले यो प्रतियोगिता भएको स्कूलले जनाएको छ ।
स्कूलको अध्यक्ष रामकुमार श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रममा नगर क्षेत्रमा रहेको विभिन्न स्कूलका प्रिन्सिपल तथा सञ्चालकहरुको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर