RUMPUM
animated ellipse animated ellipse

तत्काल इन्धन सहज बनाउन प्रशासनले पहल गर्ने

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१८ फाल्गुन २०७३, बुधबार १८:२९
3
Shares
विराटगनर, १८ फागुन/  मोरङ जिल्ला प्रशासन कार्यालयले आयल निगमसहित सरोकारवाला सरकारी निकायको बैठक राखी तत्कालै इन्धन सहज बनाउन पहल गरेको छ ।
केही समययता विराटनगरलगायत पूर्वाञ्चलमा इन्धनको आपूर्ति सहज देखिएको छैन । आयल निगमले आवश्यकता अनुसार इन्धन पठाएको बताइरहे पनि अधिकांश पेट्रोलपम्पले तेल बाँडेका छैनन् ।
सोही विषयमा छलफल गर्न जिल्ला प्रशासन कार्यालय मोरङमा बसेको बैठकले विभिन्न ५ वटा निर्णय गर्दै तत्कालै इन्धन सहज बनाउने बतााएको छ ।
बुधबार जिल्ला प्रशासन कार्यालयमा पत्रकार सम्मेलन गरी मोरङका प्रमुख जिल्ला अधिकारी यज्ञराज कोइरालाले पेट्रोलियम पदार्थको अवैध निकासी हुने सम्भावना भएकोले भन्सार कार्यालय, सीमा सुरक्षा कार्यालय र नेपाल प्रहरीले निगरानी सुरु गरेको बताए ।
यस्तै भारतको बरौनीबाट पेट्रोलियम पदार्थ लिएर नेपाल आइपुग्न तीन दिन लाग्ने समय छोट्याएर दुई दिनमा ल्याइपु¥याउने, ड्रम, ग्यालेन लगायतका सामाग्रीमा तेल दिँदा भ्याट बिल जारी गरेर मात्र इन्धन उपलब्ध गराउने, इन्धन सहज नहुँदासम्म भारतीय ठूला सवारी साधनलाई एक पटकमा ५० लिटर र साना सवारी साधनलाई १० लिटर मात्रै वितरण गर्ने तथा बिहान ७ बजेदेखि बेलुका ८ बजेसम्म मात्रै इन्धन वितरण गर्ने लगायत छन् ।
प्रमुख जिल्ला अधिकारी कोइरालाले इन्धनको सहज आपूर्ति भइरहँदा पनि बजारमा अभाव देखिनु राम्रो नभएको बताए । ‘आयल निगमको काम हामीले गर्न सक्दैनौं,’ कोइरालाले भन्नुभयो, ‘अनुगमन र सहजीकरणका काममा हाम्रो सहयोग हुन्छ ।’ पत्रकार सम्मेलनमा उपस्थित आयल निगम क्षेत्रीय कार्यालय विराटनगरका प्रमुख दिनेशकुमार यादवले अबको १÷२ दिनभित्रै इन्धनको सहज आपूर्ति हुनेमा ढुक्क हुन आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर