AArya
RUMPUM
animated ellipse animated ellipse

भ्यालेन्टाइन दिवसको अवसरमा गीत सार्वजनिक

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

४ फाल्गुन २०७३, बुधबार १७:३९
3
Shares
विराटनगर फागुन ४ / भ्यालेन्टाइन दिवसको अवसर पारेर अधिकांश गायक, गायिकाले साङ्गीतिक कोसेलीहरु सार्वजनिक गर्ने गरेका छन् ।
यसै क्रममा गायक अस्मित लिम्बूले पनि नयाँ गीतको म्यूजिक भिडियो दर्शक तथा श्रोताहरुको लागि कोसेलीको रुपमा सार्वजनिक गरेका छन् ।
गायक लिम्बूले आफ्नै शब्द, सङ्गीत र स्वरमा ’आज मैले सपना देखेँ…’ बोलको गीतको भिडियो सार्वजनिक गरेका हुन् । विक्रमसिंह कार्कीको एरेन्जमा तयार भएको यो गीतको अडियो भने गत मंसिर महिनामा नै सार्वजनिक भएको थियो । जसलाई ’आजको म्यूजिक’ ले देशभरका रेडियो तथा टेलिभिजनमा वितरण गरेको थियो ।
अस्मितको यो म्यूजिक भिडियोलाई राजिव कपालीले निर्देशन गरेका छन् भने यमन माझीले खिचेका दृश्यलाई हुत्ता सन्जय लामाले सम्पादन गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर