AArya
RUMPUM
animated ellipse animated ellipse

अतिबादी धारले नेपालको राजनीतिक संक्रमण

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२७ माघ २०७३, बिहीबार २२:०३
3
Shares
पथरी, माघ २७ / नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सासंद फरमुला मन्सुरले दुई अतिबादी धारले नेपालको राजनीतिक संक्रमण अन्त्य गर्न नदिएको आरोप लगाए ।
बिहीबार नेपाली कांग्रेस मोरङ क्षेत्र नं २ को क्षेत्रीय सम्मेलनको उद्घाटन गर्दै उनले सो कुरा बताएका हुन् । मन्सुरले एमालेको पहाडिया अतिराष्ट्रवाद र मधेशीदल दलको मधेशी अतिवादले संविधान संसोधन प्रक्रिया र निर्वाचनको मिति घोषणा गर्न अबरोध गरिरहेको बताए ।
मन्सुरले भने–संविधान नेपालको संविधान हो ,न यसमा पहाडियाको मात्र अधिकार समेटिएका छन् न तराईबासीका मात्र । हिमाल पहाड र तराईलाई एकताको सुत्रमा बाँध्ने यो संविधानमा अपुग भएका कुरा थप्दै जाने पूर्व सहमति अनुशार नै संविधान संसोधन प्रक्रिया अघि बढेको हो । ’
कांग्रेस केन्द्रीय सदस्य एवं महिला नेतृ. डा.डिला संग्रौलाले राजनीतिक स्थिरताका लागि कांग्रेसको विकल्प नभएको बताउँदै निकट भविष्यमा हुने स्थानीय निर्वाचनका लागि आधा नेतृत्व लिन महिला तयार हुनु पर्ने बताए ।
मोरङ कांग्रेसका सभापति एवं सांसद डिगबहादुर लिम्बूले मोरङ २ मा रहेको दोहोरो स्वामित्वको जग्गा विबाद कांग्रेसले नै अन्त्य गर्ने बताए । सर्प पनि मर्ने लौरो पनि नभाँचिने तरिकाले समस्या समाधानको प्रक्रिया सुरु भइसकेको उल्लेख गर्दै सांसद लिम्बूले जग्गा धनीलाई आधा र भोग्ने आधा दिएर समस्या समाधान गर्न सकिने बताए ।
मोरङ कांग्रेसका पूर्व सभापति एवं सांसद अमृत अर्यालले २०७२ कात्तिक ११ गते तत्कालिन प्रधानमन्त्री केपी ओलीले हस्ताक्षर गरेको संसोधन प्रस्ताव नै वर्तमान सरकारले संसदमा दर्ता गराएको बताए । उनले ओलीले संसदमा पेश गर्दा राष्ट्रवादी र कांग्रेस गठबन्धन सरकारले पेश गर्दा राष्ट्रघाती नहुने तर्क गर्दै ओलीले संसोदन प्रस्तावका सबै पेजमा हस्ताक्षर गरेको बताए ।
संविधान संसोधन प्रति कांग्रेस जिम्मेवार हुनु पर्ने बताउँदै अर्यालले मधेसबाट कांग्रेसले ५५ निर्वाचन क्षेत्रमा चुनाव जितेको छ । यो साख जोगाउन पनि संविधान संसोधन गर्नु पर्ने उल्लेख गर्नुभयो । केही त्रुटि भएपनि त्यसलाई संसोधनका माध्यमबाट सच्याउन सकिनेमा कांग्रेसले सुरु देखि नै प्रतिवद्धता जनाएको उनको भनाई थियो ।
क्षेत्रीय सभापति गणेश खड्काको सभापतित्वमा भएको कार्यक्रममा महासमिति सदस्यहरू,महाधिवेशन प्रतिनिधिहरू,भातृ संस्थाका प्रतिनिधि गरी २२ जनाले शुभकामना ब्यक्त गरे ।
सोही अवशरमा नेकपा माओवादी– क्रान्तिकारीका मोरङ जिल्ला सदस्य रामप्रसाद निरौला,समाजसेवी सागर राई लगायत २३ जना विभिन्न दल परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर