AArya
RUMPUM
animated ellipse animated ellipse

हिसान क्रिकेटको फाइनलमा कान्तिपुर र मेरिल्याण्ड

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२१ माघ २०७३, शुक्रबार १९:०७
3
Shares
विराटनगर, माघ २१ ÷ आठौं हिसान स्पोर्टस् मिट अन्तरगत शुक्रबारको भएको क्रिकेटमा खेलमा कान्तिपुर र मेरिल्याण्ड विजयी भई फाइनलमा प्रवेश गरेका छन् ।
उच्च माध्यामिक विद्यालयहरूको संगठन हिसान मोरङको आयोजनामा वैजनाथपुरको खेल मैदानमा भएको क्रिकेटको पहिलो खेलमा मेरिल्याण्ड कलेजले अर्किड कलेजलाई ८६ रन विशाल अन्तरले पराजित गरी उपाधि नजिक प्रवेश गरेको छ ।
टस हारेर व्याटिङको निम्तो पाएको मेरिल्याण्डले खराव प्रकाशको कारणले १८ ओभरमा छोट्याएको खेलमा निर्धारित ओभरमा ७ विकेट गुमाई १ सय ८३ रन विशाल योगफ खडा गरेको थियो । मेरिल्याण्डका रुपेश सरदारले नटआउट ३८ रन बनाए । अर्किडका सुमित सोनीले २ विकेट लिएका थिए ।
जवाफमा १ सय ८४ रनको विशाल लक्ष्य पछ्याएको अर्किडले १७ दशमलव ५ बलमा सबै विकेट गुमाई ९७ रनमा सिमित भयो । अर्किडका मंयक साहले ३५ रन बनाए । मेरिल्याण्डका रुपेश सरदार र झुल्कर नायकले ३–३ विकेट लिएका थिए । खेलको म्यान अफ द म्याच मेरिल्याण्डका अलराउण्डर खेलाडि रुपेश सरदार घोषित भए ।
दोस्रो खेलमा कान्तिपुर कलेजले शिक्षादीप कलेजलाई ४ विकेटले पराजित गरी उपाधि नजिक प्रवेश गरेको छ । टस जितेर व्याटिङ गरेको शिक्षादीपले निर्धारित २० ओभरमा ९ विकेट गुमाई १ सय ८ रन बनाएको थियो । शिक्षादीपका फिरदोस अन्सारीले नटआउट ५४ रन बनाए । कान्तिपुरका बब्लु राजवंशी र भिम मण्डलले २–२ विकेट लिएका थिए ।
जवाफमा १ सय ९ रनको विजय लक्ष्य पछ्याएको कान्तिपुरले १९ दशमलब २ बलमा ६ विकेट गुमाई विजय भेट्याएको थियो । कान्तिपुरका म्यान अफ द म्याच सिद्धार्थ निरौलाले ५३ रन बनाए । शिक्षादीपका फिरदोस अन्सारी र रेवती यादवले १–१ विकेट लिएका थिए । फाइनल खेल शनिबार विहान ९ बजेदेखि शुरु हुने क्रिकेटका खेल संयोजक निलम अधिबारीले बताए

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर