विराटनगर/ विराटनगरमा रहेको एभरेष्ट उच्च माध्यमिक विद्यालयमा प्रहरी मेरा साथी कार्यक्रम आयोजना गरिएको छ । पूर्व क्षेत्रि प्रहरी कार्यालय रानीको आयोजनामा प्रहरी मेरो साथी कार्यक्रम सञ्चालन गरिएको हो ।
विद्यार्थीहरुको गुणस्तर अभिवृद्धि गर्न पाठ्क्रम मात्र प्रयाप्त नभई बाहिरी ज्ञानका लागि विभिन्न सभा, गोष्ठि,सेमिनार तथा तालिममा पनि विद्यार्थीहरुलाई सहभागी गराउ‘दै आएको स्कुलले बताएको छ ।
सचेतना मूलक कार्यक्रममा विद्यार्थीहरुलाई वर्तमान समयमा भइरहेका विद्युतीय अपराध,लागु औषध, बाल दुव्र्यवहार, बाल यौन दुव्र्यवहार तथा ट्राफिक सम्बन्धि जानकारी गराइएको थियो । सचेतना मूलक कार्यक्रममा प्रहरी नायव निरिक्षक कृण्णकुमारी अधिकारी, प्रहरी साहयक निरिक्षक चन्द्रकुमारी लावती र प्रहरी जवान ओमराज पौडेलले प्रशिक्षण दिएका थिए ।
सचेतना मूलक कार्यक्रमले बाल बालिकामा सम्भावित जोखिमबाट बच्न सावधानी अपनाउन सक्ने क्षमताको विकास तथा व्यावहारिक ज्ञानको अभिवृद्धि हुने विद्यालयका प्राचार्य श्री टीकाराम पुरीले बताए ।