AArya
RUMPUM
animated ellipse animated ellipse

प्रथम मधुमल्ला अन्तर विद्यालय फुटबल सुरु

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

४ माघ २०७३, मंगलवार १९:५६
3
Shares
४ माघ, मधुमल्ला /मोरङको मधुमल्लामा दीपज्योति युवा क्लब मधुमल्लाको आयोजनामा आजबाट प्रथम मधुमल्ला अन्तर विद्यालय फुटबल प्रतियोगिता सुरु भएको छ ।
आज भएकोे उद्घाटन खेलमा निर्मल सिद्धार्थ अंग्रेजी विद्यालय मधुमल्लालाई टाइब्रेकरमा ३–४ को अन्तर ले हराउदै श्री भगवती मा.वि. मधुमल्ला बिजयी भएको छ ।
निक्कै प्रतिषपर्धात्मक तथा आक्रामक रुपमा चलेको खेलमा दुबै पक्ष बाट गोल नभएपछी खेल टाइबेकरमा परिणत भएको थियो ।
खेलमा भगवती मा.वि.का दीपज्योती राई म्यान अफ द म्याच घोषित भए । भोलीको खेल रिलायन्स अंग्र्रेजी विद्यालय र सरस्वती अंग्रेजी विद्यालय मधुमल्ला बिच हुने खेल संयोजक नेत्र दाहालले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर