पूर्वाञ्चल खबर
आज शेक्रबार भएको खेलमा कान्तिपुर कलेजले इस्र्टन कलेजलार्ई ४ विकेटले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको इस्र्टनले निर्धारित २० ओभर मा ७ विकेट गुमाई १ सय २४ रन बनाएको थियो । जस्मा सुजन चौधरीले २५रन र विवेक यादबले १७ रनको योगदान दिएका थिए । कान्तिपुरका रितेश माझीले ३ विकेट र रुपेश यादबले २ विकेट लिएका थिए ।
जवाफमा १ सय २५ रनको विजयी लक्ष्य पछ्याएको कान्तिपुरले १९ दशमलव १ बलमा ६ विकेट गुमाई सो विजय लक्ष्य पार गरेको थियो । जस्मा म्यान अफ द म्याच रितेश माझीले ४८ रन र रुपेश यादबले अविजित २२ रनको योगदान दिएका थिए । इस्र्टनका आन्नद इझारले २ विकेट लिएका थिए ।