AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

भारतिय दुतावासको सम्पर्क कार्यालय हटाउन माग

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२९ पुष २०७३, शुक्रबार १८:५९
3
Shares
२९ पुस, विराटनगर/ विराटनगर १८ मलाया रोडमा रहेको भारतिय दुतावासको सम्पर्क कार्यालय हटाउन माग गर्दै शुक्रबार क्रान्तीकारी माओवादी, नेकपा मसाल, नेकपा माओवादीले आज विराटनगरमा प्रदर्शन गरेको छ ।
क्रान्तीकारी माओवादी, नेकपा मसाल र नेकपा माओवादीका पाँच सय भन्दा बढि कार्यकर्ताहरुको सहभागिता सहित निकालिएको ¥यालीले  मलाया रोडस्थित भारतिय दुतावासको सम्पर्क कार्यालय अगाडि केहि बेर प्रदर्शन गरेको थियो ।
कोण सभालाइ सम्बोधन गर्दै नेकपा क्रान्तीकारी माओवादीका उपाध्यक्ष सीपी गजुरेलले भारतीय विस्तारवादले नेपाललाइ भुटानीकरण र सिक्कीमिकरण गरिरहेको बताए । आफुहरुले राष्ट्रिय स्वाधिनताका लागि आन्दोलन गरिरहेको दाबी गर्दै उनले यसमा हस्तक्षेप नगर्न प्रहरी प्रसाशनलाइ आग्रह गरे ।
नेपाल नरहे नेपाली जनता र राजनितिक दलहरुको पनि अस्तीत्व नरहे भएकाले आफुहरु कुनैपनि हालतमा नेपाललाइ भुटानीकरण र सीक्कीमिकरण हुनबाट बचाउने उनले बताए । उनले माथिल्लो कर्णाली र अरुण तिन जलविद्युत परियोजनाको उद्देश्य विजुलि निकाल्नेभन्दापनि नेपालका जलाधार कब्जा गर्नेमा बढि निहित रहेकाले यसलाइ तुरुन्त खारेज गरिनुपर्ने बताए ।
 त्यस्तै २०६५ सालमा कोशीबाध फुटेको बेला बाध बनाउँने भन्दै विराटनगरमा स्थापना गरिएको भारतिय दुतावासको सम्पर्क कार्यालयले नेपालको राजनैतिक र आर्थिक मामिलामा हस्तक्षेप गरिरहेकाले यसलाइ तुरन्त हटाउनु पर्नेमा उनले जोड दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर