AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

वेमौसमी तरकारी खेती तालिम सम्पन्न

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२९ पुष २०७३, शुक्रबार १८:२९
3
Shares
रबिन्द्र बराल
२९ पुस रंगेली मोरङको बुधनगरमा सञ्चालित तिन महिने निशुल्क बेमौसमी तरकारी खेती तालिम शनिवार सम्पन्न भएको छ ।
सि.टि.इ.भि.टि. तथा शिप विकास परियोजनाको आर्थिक सहयोगमा शैलजा आचार्य स्मृती पोलिटेक्नीकको आयोजनामा सञ्चालित तालिम सम्पन्न गरिएको हो ।
बेमौसमी तरकारी खेती बाट ठुलो आर्थिक लाभ लिन सकिने हुदा त्यस क्षेत्रका कृषकहरुलाई स्वरोजगार बनाउने उदेश्यका साथ आयोजना गरीको तालिममा २० जना कृषकहरुले प्राविधिक ज्ञान संगै शिप लिएका थिए । कार्यक्रमको प्रमुख अतिथी शैलजा आचार्य स्मृती पोलिटेक्नीकको अध्यक्ष मिता आर्चायले सहभागीहरुलाई प्रमाण पत्र तथा छात्रवृति रकम समेत प्रदान गरेकी थिइन ।
उनले बेमौसमी तरकारी खेतीबाट राम्रो आर्थिक लाभ लिन सकिने बताउदै महिलाहरुले समेत यो पेशा अंगालेर उन्नती गर्न सक्ने हुदा मुलुकलाई तरकारीमा आत्म निर्भर बनाउन सकिने बताइन।
समापन समारोहलाई शैलजा आचार्य स्मृती पोलिटेक्नीकका प्रिन्सीपल सन्तबहादुर अधिकारी, बोर्ड सदस्य मोहनलाल महतो, कार्यक्रम संयोजक गणेश दाहाल लगायतले मन्तव्य व्यक्त गरेका थिए समेत प्रदान गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर