AArya
RUMPUM
animated ellipse animated ellipse

पूर्वाञ्चल विद्या सदनमा सचेतना अभियान

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१९ पुष २०७३, मंगलवार १७:०९
3
Shares

१९ पुस,विराटनगर / विराटनगर – १७ मा रहेको पूर्वाञ्चल विद्या सदन सेकेण्डरी बोर्ङिङ स्कुलमा एक दिने चेतनामुलक कार्यक्रम सम्पन्न भएको छ ।

पूर्व क्षेत्रीय प्रहरी कार्यालयको सचेतना अभियान अन्तरगत मंगलबार सचेता अभियान कार्यक्रम सम्पन्न भएको हो ।

क्षेत्रीय प्रहरी कार्यालय विराटनगर अन्तरगत महिला तथा बालबालिका सेवा केन्द्रका प्रहरीले विद्यालयमा अध्ययरत बिधार्थीहरुलाई घरेलु तथा महिला हिंसा, ईन्टरनेटको प्रयोग, साइबर अपराध, बाल अधिकार तथा बाल बिवाह, लागूऔषध दुव्र्यसन र ट्राफिक नियम सम्बन्धमा प्रशिक्षण दिएका छन् ।

प्रशिक्षणमा उक्त विधालयको कक्षा ८ र ९ मा अध्ययनरत ५१ जना छात्ररछात्राहरुको सहभागी रहेको स्कुलका प्रिन्सिपल अर्जुन श्रेष्ठले जानकारी दिए ।

कार्यक्रममा प्रहरी नायव निरीक्षक कृष्णकुमारी अधिकारी, प्रहरी सहायक निरीक्षक चन्द्रकुमारी लावती र प्रहरी जवान ओमराज पौडेलले सहजीकरण गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर