१८ पुस, विराटनगर /पूर्व क्षेत्रीय प्रहरी कार्यालयको सचेतना अभियान अन्तरगत आज सोमबार विराटनगरमा–१३ मा रहेको अरनिको उच्च माविमा चेतना मुलक कार्यक्रम सम्पन्न भएको छ ।
क्षेत्रीय प्रहरी कार्यालय विराटनगर महिला तथा बालबालिका सेवा केन्द्रबाट खटिएका प्रहरीको टोलीले कलेजमा कक्षा १२ मा अध्ययनरत ४५ जना विधार्थीहरुलाई घरेलु तथा महिला हिंसा, ईन्टरनेटको प्रयोग, साइबर अपराध, बाल अधिकार तथा बाल बिज्याँई, लागूऔषध दुर्व्यसनी तथा ट्राफिक नियमका बारेमा प्रशिक्षण दिएका छन् ।
“प्रहरी मेरो साथी”को ब्यानरमा रहेर प्रहरी र नागरिक हातेमालो अन्तरगत संचालित भएको हो । प्रहरी नायव निरीक्षक कृष्ण कुमारी अधिकारी, प्रहरी सहायक निरीक्षक चन्द्रा लावती र प्रहरी जवान ओमराज पौडेलले सहजीकरण गरेका थिए ।