AArya
RUMPUM
animated ellipse animated ellipse

सातौ संस्करणको राष्ट्रिय खेलकुदको क्रिकेटमा एपिएफलाई स्वर्ण

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१५ पुष २०७३, शुक्रबार १७:२२
3
Shares
पुष्पराज थपलिया
१५ पुस,विराटनगर /विभागिय टिम शसस्त्र प्रहरीको एपिएफ क्लबले पूर्वाञ्चलमा जारी वृहत सातौ संस्करणको राष्ट्रिय खेलकुद अन्तरगत पुरुष क्रिकेटको स्वर्ण पदक हात पारेको छ । apf
एपिएफले आज शुक्रबार मोरङको झापा बैजनाथपुरको खेल मैदानमा भएको फाइनल खेलमा अर्को विभागिय टिम नेपाली सेनाको त्रिभुवन आर्मी क्लबलाई ४९ रनले पराजित गरी स्वर्ण पदक हात पारेको हो ।
टस हारेर ब्याटिङको निम्तो पाएकोे एपिएफले निर्धारित २० ओभरमा ९ विकेट गमाई १ सय २१ रनको सामान्य योगफल खडा गरेकोे छ । एपिएफका कप्तान पारस खडकाले ३८ बलमा १ छक्का र १ चौका प्रहार गरी ३३ रन र भुवन कार्कीले १२ बलमा १ छक्का र २ चौका प्रहार गरी नटआउट २४ रनको योगदान गरेका थिए ।armyआर्मीका विक्रम सोवले ४ ओभरमा १४ रन दिएर २ विकेट र सोमपाल कामीले ४ ओभरमा २१ रन दिएर २ विकेट लिएका थिए ।
जवाफमा १ सय २२ रनको सामान्य विजय लक्ष्य पछ्याएको आर्मीले एपिएफका भुवन कार्कीको घाटक बलिङसामू निरीहहुदै १७ दशमलव ४ बलमा सवै विकेट गमाइ ७२ रनमा सिमित हुन पुग्यो ।
आर्मीका नरेश बढायरले १७ रनबाहेक अन्यले सम्झनलायक प्रदर्शन गर्न सकेनन् । एपिएफका कार्कीले ४ ओभरमा ११ रन दिएर ४ विकेट लिएका थिए । कार्कीबाहेक शक्ती, बसन्त रेग्मी र यज्ञमान कुमालले २–२ विकेट लिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर