CLASSICTECH NET

एसबीएससी सिंगीन स्टार सिजन–थ्री उपाधी दिव्याले चुमिन

खबर पूर्वाञ्चल, १४ पुष २०७३, बिहीबार १९:१८
१४ पुस,विराटनगर/ गत भदौ महिना देखि विराटनगरमा  सुरु भएको एसबीएससी सिंगीन स्टार सिजन–थ्रीको उपाधी डान ईङ्गिलस  सेकेण्डरी बोडिङ स्कूलमा अध्ययरत विराटनगर –१ की दिव्या गिरी जितेकी छिन् ।dsc_1457
संस्थागत विद्यालय बचत तथा ऋण सहकारी संस्था लि. मोरङको आयोजनामा विराटनगरमा  आज शुक्रबार साँझ सम्पन्न भएको फाइनलमा १४ जना प्रतिस्पर्धीलाई पछि पार्दै १५ बर्षिय दिव्याले ‘बनेको छ पहाराले …… बोलको गीत कर्णप्रिय तरीकाले गाएर उपाधि जित्न सफल भएकी हुन् ।
उपाधिसँगै दिव्याले नगद २५ हजारको साथै ट्रफी प्राप्त गरीन ।  प्रतियोगिताको फस्ट रनरअफ विराटनगर १७ मा  रहेको स्टार बोडिङ स्कूलका १७ वर्षिय सुशान्त रेग्मी भए भने सेकेन्ड रनरअफ राईजिङ नेपाल बोडिङ स्कूलका ग्रिसम श्रेष्ठ भए ।
उनीहरुले क्रमश १५ हजार र १० हजार रुपैयाँसहित ट्रफी प्राप्त गरेका थिए ।
फाईनल राउण्डको निर्णाकहरुमा बरिष्ट संगीतकार बसन्त सापकोटा, गायक प्रवलदिप विश्वास, ज्योती सुब्बा, विकेश के शंकर, राम संगम राउत लगायत रहेका थिए । बिजेता हुने विद्यार्थीहरुलाई प्याब्सन मोरङका सल्लाकार टिकाराम पुरी, मोरङ अध्यक्ष बासुदेव न्यौपाने, कोषाध्यक्ष इन्द्र राई सहकारीको अध्यक्ष विष्णु डंगोल, कार्यक्रम संयोजक रीना थापा लगायतले बिजेता हुनेलाई पुरस्कार वितरण गगरेका थिए ।
कार्यक्रममा बरिष्ट संगीतकार बसन्त सापकोटा, गायक प्रवलदिप विश्वास, ज्योती सुब्बा, विकेश के शंकरले गीत पनि  गाएको थिए ।
भदौ ४ गते देखि सुरु भएको प्रतियोगिता विभिन्न छनौट चरणको अडिसनबाट छनौट हुदै फाइनलमा १५ जना पुगेका थिए । प्रतियोगितामा जिल्लाभरीको निजी विद्यायहरुको सहभागिता रहेको सहकारीको सचिब नगेन्द्र प्रसाद ढकालले जानकारी दिए । सहकारीले प्रत्येक वर्ष विद्यार्थीहरुमा भएको प्रतिभा उजागर गर्ने उद्देश्यले यस्तो प्रतियोगिता विगत तीन वर्ष अघिदेखि आयोजना गर्दै आएको छ ।

तपाईको प्रतिक्रिया

*

BRIGHTFUTURE

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५