पूर्वाञ्चल खबर
पुलिसले पुरुष टिम इभेन्टस् , महिला टिम ईभेन्टस्, मिक्स डबल्स र पुरुष डबल्समा स्वर्ण हात पार्न सफल भएको हो । नेपाल आर्मीले महिला डबल्समा स्वर्ण पाएको छ । सोमबार मिक्स डबल्सको फाइनल खेल सकिएसँगै पाँच वटा पदकको लागि भएको खेलमा पुलिसले आफ्नो बर्चस्व जमाएको हो ।
पाँच वटा पदकको लागि भएको खेल सकिएसँगै दुई ओटा पदकको लागि एकल अन्र्तगत लिग चरणको खेलहरु भैरहेका छन । लिग चरणमा महिलाको ९० वटा र पुरुषको १०० वटा खेल हुनेछ । लिग चरणमा १६ जना महिला र १६ जना पुुरुष छनौंट हुनेछन । लिग चरणपछि नकआउट चरणका खेलहरु हुने छ ।
नकआउट चरणमा ८ वटा प्रि क्वार्टर फाईन, ४ वटा क्वार्टर फाइनल, २ वटा सेमिफाइनल र एक वटा खेल फाईनलमा हुनेछ । महिला पुरुषको गरी १५ वटा खेल नकआउट चरणमा हुनेछन ।
टेबल टेनिसमा ५ वटा विकास क्षेत्र र ३ वटा विभागिय टिम गरी ८ टिमको सहभागिता रहेको छ ।