AArya
RUMPUM
animated ellipse animated ellipse

सातौ राष्ट्रिय खेलकुद-एपिएफ र पूर्वाञ्चल महिला क्रिकेटको अन्तीम चारमा

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१० पुष २०७३, आईतवार २०:४५
3
Shares
१० पुस इटहरी /वृहत सातौ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत महिला क्रिकेटको आज भएको खेलमा एपिएफ र पूर्वाञ्चल विजयी भई अन्तीम चारमा प्रवेश गरेका छन्।

इटहरीमा भएको पहिलो खेलमा शसत्र प्रहरीको एपिएफ क्लबले सुदुरपश्चिमाञ्चललाई ८ विकेटले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको सुदुरपश्चिमाञ्चलले निर्धारित २० ओभरको खेलमा १८ दशमलव ५ बलमा सवै विकेट गुमाई ३९ रनको झीनो योगफल तयार पारेको थियो । सुदुरपश्चिमाञ्चलका कुनैपनि ब्याटस्वुमनले दोहो अंकलाई छुन सकेनन् एपिएफकी सरिता मगरले ४ विकेट लिएकी थिइन
जवाफमा ४० रनको झीनो लक्ष्य पछ्याएको एपिएफले ४ दशमलव ५ बलमा २ विकेट गुमाई सो विजयी लक्ष्य पार गरेको थियो । एपिएफकी ज्याति पान्डेले नटआउट १८ रन र सरिता मगरले १३ रनको योगदान दिएकी थियन । सुदुरपश्चिमाञ्चलकी रेखा रावलले २ विकेट लिएकी थिइन् ।खेलको वुमन अफ दी म्याच एपिएफकी सरिता घोषित भइन ।
दोस्रो खेलमा पूर्वाञ्चलले मध्यपश्चिमाञ्चललाई २८ रनले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको पूर्वाञ्चलले निर्धारित २० ओभरमा ६ विकेट गमाई ९२ रन बनाएको छ । पूर्वाञ्चललकीकाजोल श्रेष्ठले ६१ बलमा ३ चौका प्रहार गरी ४८ रन बनाएकी थिइन । उनी खेलमो वुमा अफ म्याच भइन्
मध्यपश्चिमाञ्चलकी अनिता चौधरीले ३ विकेट र गिता साहले २ विकेट लिएकी थिइन् ।
जवाफमा ९३ रनको विजय लक्ष्य पछ्याएको मध्यपश्चिमाञ्चलले १९ दशमलव ५ बलमा सवै विकेट गुमाई ६४ रनमात्र जोड्न सक्यो । मध्यपश्चिमाञ्चलकी नेरी थापाले १६ बनाइन । पूर्वाञ्चलकी अनुराधा चौधरी र सन्तोषि चौधरीले २–२ विकेट लिएकी थिइन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर