CLASSICTECH NET

सातौ राष्ट्रिय खेलकुद-पुरुष क्रिकेटमा पश्चिमाञ्चल र एपिएफ विजयी

खबर पूर्वाञ्चल, १० पुष २०७३, आईतवार १७:२४
पुष्पराज थपलिया
विराटनगर / वृहत सातौ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत पुरुष क्रिकेटको आज भएको खेलमा पश्चिमाञ्चल र एपिएफ विजयी भएका छन ।
मोरङको झापा बैजनाथपुरको खेल मैदानमा भएको पहिलो खेलमा पश्चिमाञ्चलले मध्यमाञ्चललाई ६ रनले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको पश्चिमाञ्चलले निर्धारित २० ओभरमा ६ विकेट गमाई १ सय २७ रनको योगफल तयार पारेको थियो ।
पश्चिमाञ्चलका दिपेश खत्रिले ४७ बलमा २ छक्का र ३ चौकाको प्रहार गरी ५३ रन, शेकर रानाले ४७ बलमा ४ चौका प्रहार गरी ४८ रनको योगदान गरेका थिए ।
मध्यमाञ्चलका रशिद खानले ४ ओभरमा १५ रन दिए ५ विकेट र रुपेश श्रीवास्तवले १ विकेट लिएका थिए ।
जवाफमा १ सय २८ रनको लक्ष्य पछ्याएको मध्यमाञ्चलले निर्धारित ओभरमा ७ विकेट गुमाई १ सय २१ रनमात्र जोड्न सक्यो । मध्यमाञ्चलका जितेन्द्र ठकुरीले २९ बलमा २ छक्का र २ चौका गरी अविजित ४४ रन र हसिम अन्सारीले २१ रन बनाएपनि खेल जित्नलाई पर्याप्त भएन । पश्मिाञ्चलका लालबहादुर अधिकारी र दिपेश खत्रिले २–२ विकेट लिएका थिए ।
दोस्रो खेलमा शसत्र प्रहरीको एपिएफ क्लबले सुदुरपश्मिाञ्चललाई १ सय ४४ रनकोे विशाल अन्तरले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको एपिएफले निर्धारित २० ओभरमा ४ विकेट गमाई २ सय रन बनाएको छ । एपिएफका कप्तान पारस खडकाले ४३ बलमा ८ छक्का र ९ चौका प्रहार गरी नटआउट १ सय ५ रन बनाए । उनले प्रतियोगिताको पहिलो सेन्चुरी समेत हानेका छन् ।
त्यस्तै सुबास खकुरेलले ५१ बलमा ६ चौका प्रहार गरी अविजित ६४ रनको योगदान गरेका थिए । पारस र सुवासले पाँचौ विकेटकालागि ७१ बलमा १ सय ५१ रनको अविजित साझेदारी गरेका थिए । एक समय एपिएफ ७ दशमलव ५ बलमा ४९ रनमा ४ विकेट गुमाई दयनिय अवस्थामा रहेको वेला पारस र सुवासले एपिएफको उद्धार गरेका थिए ।
सुदुरपश्चिमाञ्चलका दिनेश एैरीले ४ ओभरमा १७ रन दिएर ३ विकेट र रोशन नेपालीले १ विकेट लिएका थिए ।
जवाफमा २ सय १ रनको लक्ष्य पछ्याएको सुदर पश्चिमाञ्चलले निर्धारित ओभरमा ६ विकेट गमाई ५६ रनमात्र जोड्न सक्यो । पश्चिमाञ्चलका दिपक मल्लले ४४ बलमा २ चौका प्रहार गरी २१ रन र सन्जु दमाईले १५ रन बनाएका थिए ।
एपिएफका बसन्त रेग्मीले ३ ओभरमा १ मेडा राखदै १० रन दिएर ३ विकेटतथा करण केसी,भुवन कार्की र प्रदिप ऐरीले १–१ विकेट लिएका थिए । भने एपिएफका भेट्रान अफ स्पीनर शक्त गौचनले ४ ओभर बलिङ गर्दै १ मेडन राख्दै ९ रन दिएका थिए ।

तपाईको प्रतिक्रिया

biratnagar mahanagarpalika dasain
GREDED DASAIN
birat eye hospital
NEPAL BUSNESH COLLEGE

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५