४ पुस, विराटनगर /विराटनगर १ पोखरीयामा रहेको त्रिवेणी वाचनालय पूर्व नहर छेउमा ज्येष्ठ नागरीक चौतारोको उद्घाटन गरिएको छ ।
नेपाली कांग्रेसका नता तथा मोरङ क्षेत्र न.६ का सांसद महेश आचार्यले ज्येष्ठ नागरीक चौतारको उद्घाटन गर्दे जिवनको बिहानी पार गरेरका ज्येष्ठ नागरीकलाई चौतारोमा भेला भएर आफ्ना दुःख सुख साटन सहज हुने बताएका छन् ।
४ लाख २५ हजारको लागतमा निर्माण गरिएको चौतारोमा सांसद विकास कोषबाट अढाई लाख,जिविसबाट १ लाख ४० हजार र समाजसेवी नवराज मास्केले ३५ हजार निर्माण गर्न सहयोग गरेका थिए ।
चौतारो निर्माणले ज्येष्ठ नागरीकलाई भेला भएर समय काटन सजिलो हुने कार्यक्रममा जानकारी दिइएको थियो । कार्यक्रम ज्येष्ठ नागरीक समिति विराटनगर १ का सचिव शिवकुमार भट्टराईको अध्यक्षतामा सम्पन्न भएको थियो ।