पूर्वाञ्चल खबर
२४ मंसिर, विराटनगर / नेकपा एमालेका संसदीय दलका उपनेता तथा पूर्व सभामुख सुवास नेम्वाङले संविधान संशोधनका लागि सरकारले संसदमा पेश गरेको बिधेयक फिर्ता नलिए सम्म सदन र सडकको आन्दोलन नरोकिने बताएका छन् ।
विराटनगर विमानस्थलमा आज स्थानिय पत्रकारहरुसँग कुरा गर्दै नेम्वाङले सरकारले संविधान संशोधन बिधेयक संविधानको व्यवस्था विपरित ल्याएको बताएका छन् ।
९० प्रतिशत जनप्रतिनिधिको सहमतिमा निर्माण भएको संविधान विरुद्ध केही व्यक्तिले बोल्दैमा संशोधन गर्दै जाने हो भने संविधान कार्यान्वयन नै हुन नसक्ने उनले दावी गरे ।
सरकारले संविधान संशोधन भन्दा पनि तीन तहको निर्वाचनको घोषणा गरे एमाले चुनावमा भाग लिन तयार रहेको उनले जानकारी दिए ।