AArya
RUMPUM
animated ellipse animated ellipse

‘मिस विराटनगर भब्य र सभ्य हुन्छ’ संयोजक – संयोजक गुप्ता

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२१ मंसिर २०७३, मंगलवार १७:५४
3
Shares
युवतीहरुमा भएको प्रतिभा प्रस्फुटन गर्ने उेद्दश्यले आयोजना गरिएको मिस विराटनगरको दोस्रो अडिसन आउँदो मंसिर २५ गते विराटनगरमा हुदैछ । अंग्रेजी महिनाको नयाँ वर्षको २०१७ को अवसर पारेर आयोजना गरिएको प्रतियोगिता एक्टिभ ईन्टरनेशनल मिडिया प्रालि तथा लक्ष्य ईम्पोरियम विराटनगरको सहकार्यमा भएको हो । यस अघि पहिलो चरणको अडिसन सम्पन्न भइसकेको छ । भब्य कार्यक्रम आयोजना गरि पहिलो चरणको अडिसन सम्पन्न गरेको प्रतियोगिताको दोस्रो अडिसनको तयारी कस्तो हुदैछ भनेर यस प्रतियोगिताको कार्यक्रम संयोजक अमित गुप्तासँग खबर पूर्वाञ्चलसँग गरिएको कुराकानी

दोस्रो अडिसनको तयारी कस्तो हुदैछ ?
मंसिर २५ गते विराटनगरमा हुने मिस विराटनगरको दोस्रो अडिसन भब्य कार्यक्रम आयोजना गर्ने तयारी गरेका छौँ । अहिलेसम्म प्रतियोगिताको दोस्रो अडिसनमा सहभागि जनाउनको लागि ४० जना भन्दा बढीले फारम भरेका छन् । यस क्षेत्रमा बुझ्ने विज्ञ निर्णायक ल्याएर छनौट चरणको अडिसनमा निर्णायकहरु ल्याउने तयारी गरेकाछौँ ।

दोस्रो अडिसनबाट फाइनलमा कति जना छनौट गर्नुहुन्छ ?
पहिलो अडिसन भब्य भयो । दोस्रो पनि भब्य कार्यक्रम आयोजना गरी सम्पन्न गर्ने तयारी गरेका छौँ । दोस्रो अडिसनबाट छनौट भएका प्रतियोगिहरु सिधै फाइनलमा प्रवेश गर्दछन् । व्यतित्व, दक्षता र उत्कृष्ट प्रतिभाको आधारमा २० जना किशोरीहरुलाई फाइनलको लागि छनौट गर्दछांै । फाइनलमा प्रवेश गरेका किशोरीहरुलाई दुई हप्ता प्रशिक्षण दिएर ग्राण्ड फिनालेमा उत्रार्ने तयारी गरेका छौँ । दक्ष प्रशिक्षक ल्याए फाइनलमा प्रवेश भएका किशोरीहरुलाई विभिन्न विषयको बारेमा जानकारी गराउँछौँ । प्रशिक्षणमा उनीहरुको व्यतित्व विकासको कार्यक्रमलाई बढी जोड दिनेछौँ ।

प्रतियोगिताको फाइनल कहिले हुन्छ ?
पुस १७ गते विराटनगरमा हुनेछ । मिस विराटनगर भब्य र सभ्य हुनेछ ।

बिजेता हुनेलाई के छ ?
प्रतियोगिताको विजेताले नगद १ लाख १ हजार नगद प्राप्त गर्नेछन् । त्यसको साथै विभिन्न गिफ्ट ह्यारहरुसमेत रहेको छ । यस्तै फस्ट
रनरअपले नगद ५१ हजार र सेकेन्ड रनरअपले २५ हजार रुपैयाँ प्राप्त गर्ने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर