RUMPUM
animated ellipse animated ellipse

नेपालको एक मात्र होमियोपैथिक कलेज बन्द

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२० मंसिर २०७३, सोमबार ०६:५१
9
Shares
२० मंसिर,विराटनगर/ नेपालको एक मात्र होमियोपैथिक कलेज बन्द भएक छ । अध्ययन गर्ने विद्यार्थी नहुदा र अनावश्यक राजनीतिक हस्तक्षपका कारण नेपालको एक मात्र होमोप्याथिक कलेज एण्ड हस्पिटल बन्द भएको छ ।
विरामीको स्वास्थ्य परिक्षण गर्दै डा. झा
विरामीको स्वास्थ्य परिक्षण गर्दै डा. झा
कुनैपनि विषयमा अध्ययन गरे पश्चात दरिलो आयस्रोतकालागि रोजगारीको आस सवैले गरेका हुन्छन । तर दरिलो रोजगारी पाउने आधार नभए त्यस तर्फको आर्कषण घटदै जान्छ भन्ने उदारण बनेको छ विराटनगरमा स्थापना भएको होमियोपैथिक कलेज । विराटनगर–१७ जतुवामा स्थापना भएको कलेज पाच बर्ष अघिदेखि बन्द भएको हो ।
होमियोपैथिक चिकित्सक पद्धती पढे पश्चात नेपालमा नै रोजगारी पाउने सम्भावना कम हुदै गएका कारण कलेज बन्द भएको हो ।
नेपालमा एलापैथिक औषधी र उपचारको क्षेत्र व्यापक भएपनि होमियोपैथिकको क्षेत्र फस्टाउन सकेको छैन । अध्ययन पश्चात विद्यार्थीले सरकारी जागिर नपाउने अवस्था र राजनीतिक हस्तक्षपका कारण कलेज बन्द भएको हो ।
२०६८ सालमा छैटौ व्याच विद्यार्थी उत्पादन भएपछि कलेजले नयाँ भर्ना लिएन । ४० वटा कोटा भएको कलेजले भर्ना नलिएपछि त्यसको दर्ता नै खारेज भएको बताइएको छ ।
कलेज सञ्चालक तरुण सञ्चेतीले स्थापना गरेको कलेज पून सञ्चालनमा आउन सक्ने सम्भावना छैन । कलेज बन्द गरेर सञ्चेती व्यावसायको शिलसिलामा भारतको कलकत्तामै बस्ने गरेका छन् । नेपालमा होमियोपैथिक कलेज स्थापना गर्न भूमिका खेलेका डा.जीवनप्रकाश रायपनि केही समय यता भारत मै छन् । कलेज स्थापना हुदा राय नै प्रिन्सीपलको रुपमा रहेका थिए ।
कलेज बन्द भएपनि होमियोपैथिक अस्पताल भने सुचारु नै छ । अस्पतालले बहिराङ्ग(ओपीडी) सेवा सञ्चालन गरीरहेको छ । ‘ दैनिक १०/१२ जना विरामी आउछन् । अस्पतालको ओपीडी हेर्दै आएका डाक्टर कुमार सौरभ झाले भन्छन् ‘ कलेज बन्दभएपनि अस्पताल चलिरहेको छ ।’ उनका अनुसार फारविसगञ्ज देखिका विरामीहरु उपचारकालागि आउने गरेका छन् ।
कलेजको दोस्रो व्याच विद्यार्थी समेत रहेका झाले २०६६ साल देखि अस्पताल र क्याम्पसको इन्चार्जको रुपमा काम गर्दै आएका छन् । उनी अध्ययन पश्चात नेपालमा रोजगारीको ग्यारेन्टी नै नभएको बताउछन् । उनी भन्छन् ‘ होमियोपैथिक उपचार पद्धतीको विकासकालागि सरकारी पक्षबाट पहल गरेको छैन ।’ कलेजमा पढेका विद्यार्थीहरु पश्चिम नेपालमा खुलेका अस्पताहरुमा काम गरीरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर